दाङको तुलसीपुरमा एमालेको झण्डा जलाउने घटनामा थप दुई पक्राउ

दाङ, फागुन ९ । तुलसीपुरमा (एमाले)को चुनाव चिन्ह अंकित झण्डा जलाइएको घटनामा संलग्न थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय, दाङले सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार दाङको तुलसीपुर उपमहानगरपालिका–५ स्थित वीरेन्द्र चोकमा नेकपा (एमाले)को चुनाव चिन्ह अंकित झण्डा जलाइएको घटनामा संलग्न थप दुई जनालाई प्रहरीले पक्राउ गरेको हाे।

प्रहरीका अनुसार २०८२ साल फागुन ७ गते राति करिब ९ः३० बजे घटेको उक्त घटनाको अनुसन्धानका क्रममा तुलसीपुर उपमहानगरपालिका–४, हलवारा निवासी ३० वर्षीय रमेश राना मगर र तुलसीपुर उपमहानगरपालिका–६, गाइडर निवासी २४ वर्षीय विक्रम परियारलाई नियन्त्रणमा लिइएको हो। यसअघि पक्राउ परेका बुद्धि बहादुर बस्नेतसहित हालसम्म तीन जनामाथि अनुसन्धान जारी रहेको नेपाल प्रहरीले जनाएको छ।

साथै घटनामा संलग्न अन्य सम्भावित व्यक्तिहरूको खोजी कार्य पनि जारी रहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति : २०८२ फाल्गुन ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस