रोल्पा,
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परिवर्तन गाउँपालिका वडा नम्बर ५ राङकोटको प्रथम अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले बिरेन्द्र वलीको सभापतित्वमा २१ सदस्यीय वडा समिति गठन गरेको छ। नवगठित समितिको उपसभापतिमा बलबहादुर बुढा मगर, सचिवमा राजिव वली र सहसचिवमा शर्मिला वली चयन भएका छन्।
त्यस्तै, सदस्यहरूमा तिलक बुढा मगर, हिमाल वली, कुशल वली, देविराज खड्का, तुल्सीराम वली, महेन्द्र वली, लोकबहादुर वली र सुनिता डाँगी खड्का चयन भएका छन्। बाँकी सदस्यहरू पछि थप गर्ने गरी २१ सदस्यीय समिति गठन गरिएको हो। अधिवेशनमा रास्वपा जिल्ला उपसभापति भुपेन्द्रसिंह वलीको प्रमुख आतिथ्यता तथा RET का जिल्ला प्रमुख गणबहादुर केसीको आतिथ्यता रहेको थियो।
यसैबीच, राङकोटबाट रास्वपाको आधिकारिक सदस्यता लिनेहरूमा मिथुन वली, धनबहादुर वली, दिपक खड्का, प्रदिपकुमार खड्का, धिरेन्द्र रोका मगर, धनसिंह वली, शेरबहादुर वली, नवराज डाँगी, हुकुम बुढा मगर, शान्तराम वली, बिक्रम परियार, विशाल पुन मगर, बिजय परियार, धनकुमार वली, दादाराम वली र हुकुमबहादुर बुढा मगर रहेका छन्।
अधिवेशनले आगामी दिनमा संगठन विस्तार, सदस्यता विस्तार तथा आसन्न स्थानीय तह निर्वाचनलाई केन्द्रित गरी विभिन्न कार्यक्रम सञ्चालन गर्ने निर्णयसमेत गरेको छ।


