दाङ,
मगर समुदायको मौलिक भाषा कला संस्कृति संस्कार र परम्परालाई उजागर गर्ने उद्देश्यले तयार पारिएको खाम भाषाको गीत लुगुम नाङखार सार्वजनिक भएको छ। पूर्वी रुकुमको भूमे गाउँपालिकामा बसोबास गर्ने मगर समुदायको भाषा संस्कृति रहनसहन र प्राकृतिक सुन्दरतामा आधारित गीत मङ्सिर ४ गते शुक्रवार थुर्पा अनलाइनको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
जारी खोला बगिजे सलल लुगुम नाङखार रिन्जे झलल बोलको गीतले मगर समुदायको मौलिक भाषा सांस्कृतिक पहिचान परम्परा र प्राकृतिक सौन्दर्यलाई कलात्मक रूपमा प्रस्तुत गरेको गीतका शब्द रचनाकार तथा निर्माता लोकेन्द्र पुन मगरले बताए। पुन मगरका अनुसार गीतको भिडियो म्युजिकको दृश्यमा पूर्वी रुकुमको भूमे गाउँपालिकास्थित मगर बस्ती त्यहाँको रमणीय प्राकृतिक वातावरण स्थानीय जनजीवन र मगर समुदायको मौलिक रहनसहनलाई समेटिएको छ।
खाम भाषामा गीत तयार पार्नुको मुख्य उद्देश्य आफ्नो भाषा संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्नु रहेको उनले बताए। गीतमा विवश बुढा मगर र ममता गुरुङको स्वर रहेको छ भने शब्द रचना तथा निर्माण लोकेन्द्र पुन मगरले गरेका हुन्। गीतमा लोकेन्द्र पुन मगर र विनिता पुन मगरले अभिनय गरेका छन्। गीतमा धिरज मगरको सङ्गीत रहेको छ भने सङ्गीत संयोजन शङ्कर योगीले गरेका छन्। गीतको ध्वनि मिश्रण काठमाडौँस्थित कुमार केसीले फिल स्टुडियोमा गरिएको पुन मगरले जानकारी दिए।
त्यसैगरी गीतको दृश्य निर्देशन राजकुमार रोका मगरले गरेका छन् भने सहायक निर्देशनको जिम्मेवारी लोकेन्द्र पुन मगरले गरेका हुन। रेजन चौधरीले छायाङ्कन गरेका छन् भने कृष्ण पुन मगरले श्रव्यदृश्य मिश्रण गरेका छन्। पुन मगरले गीतमार्फत पूर्वी रुकुमको भूमे गाउँपालिकामा रहेको मगर समुदायको मौलिक जीवनशैली भौगोलिक बनावट प्राकृतिक सुन्दरता र सांस्कृतिकलाई चिनाउने प्रयास गरिएको बताए। उनका अनुसार खाम भाषा नयाँ पुस्तामाझ चिनाउने मातृभाषाप्रति अपनत्व बढाउने र मौलिक संस्कृतिलाई पुस्तान्तरण गर्ने उद्देश्यले गीत निर्माण गरिएको हो।
उनले मौलिक भाषा कला र संस्कृतिमा आधारित सिर्जनाहरूको संरक्षण तथा प्रवर्द्धन आजको आवश्यकता भएको उल्लेख गर्दै यस्ता गीत सङ्गीतले समुदायको पहिचानलाई जीवन्त राख्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। गीत निर्माणका क्रममा विशेष सहयोग तथा साथ प्रदान गर्ने हर्क घर्ती मगर धरमबहादुर बुढा मगर तथा दाङमा रहेका सम्पूर्ण लुगुम्याल खाम समाजप्रति पुन मगरले विशेष धन्यवाद व्यक्त गरेका छन्।
मगर समुदायको भाषा संस्कृति र पहिचानलाई सङ्गीतका माध्यमबाट उजागर गर्ने प्रयासस्वरूप तयार पारिएको लुगुम नाङखार गीत थुर्पा अनलाइनको आधिकारिक युट्युब च्यानलमा मात्र हेर्न तथा सुन्न सकिने निर्माता लोकेन्द्र पुन मगरले बताए।



