“९ औं राष्ट्रिय लोक दोहोरी अवार्ड धन्यबाद ज्ञापन साथै ९ औं केन्द्रिय महाधिबेशन उम्मेद्वारहरुलाई अग्रिम शुभकामना तथा संगीत र प्रबिधी बिषयक अन्तरक्रिया कार्यक्रम २०८३” भब्य रुपमा सम्पन्न

काठमाडौं,

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समितिको आयोजनामा “९ औं राष्ट्रिय लोक दोहोरी अवार्ड धन्यबाद ज्ञापन साथै ९ औं केन्द्रिय महाधिबेशन उम्मेद्वारहरुलाई अग्रिम शुभकामना तथा संगीत र प्रबिधी बिषयक अन्तरक्रिया कार्यक्रम २०८३” भब्य रुपमा सम्पन्न भएको छ।

यस कार्यक्रममा उपत्यका समन्वय समितिका अध्यक्ष प्रसाद लामिछानेको अध्यक्षता रहेको थियो भने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका निवर्तमान अध्यक्ष एबं बरिष्ठ गीतकार रमेश बिजीको प्रमुख आतिथ्यता रहेको थियो। त्यसैगरी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय बरिष्ठ उपाध्यक्ष पशुपती शर्मा, प्रतिष्ठानका केन्द्रिय प्रथम उपाध्यक्ष रामजी खाण, प्रतिष्ठानकी केन्द्रिय महिला उपाध्यक्ष राधिका हमाल, प्रतिष्ठानका केन्द्रिय महासचिब शिब हमाल, प्रतिष्ठानका केन्द्रिय सहसचिब राज कुमार रायमाझी, प्रतिष्ठानकी केन्द्रिय सहसचिब सिता राना मगर, प्रतिष्ठानका केन्द्रिय सहकोषाध्यष ईश्वरी प्रसाद भुसाल, प्रतिष्ठानका केन्द्रिय सदस्य श्रीकृष्ण बम मल्ल, प्रतिष्ठानका केन्द्रिय सदस्य सुजन लम्साल, प्रतिष्ठानका केन्द्रिय सदस्य अर्जुन थापा मगर, प्रतिष्ठानकी केन्द्रिय सदस्य मनमाया वाईवा, बरिष्ठ गीतकार एकनारायण भण्डारी, प्रतिष्ठानका जापान शाखाका पुर्व अध्यक्ष रामकृष्ण बम मल्ल, प्रबिधी बिज्ञ राजेन्द्र अर्याल, समाजसेबी लक्ष्मण मल्ल लगायत थुप्रै कलाकारहरु र पत्रकारहरुको बिशेष उपस्थिती रहेको थियो।

कार्यक्रमलाई प्रमुख अतिथीको रुपमा रहेका रमेश बिजीले दिप प्रज्वलन गरी उद्घाटन गरेका थिए। सो कार्यक्रममा उपत्यका समन्वय समिति की महिला सचिब डोल्मा लामिछाने र सहसचिब क्षितिज गुरुङले सहजीकरण गर्दै कार्यक्रम सञ्चालन गरेका थिए। कार्यक्रममा ९ औं राष्ट्रिय लोक दोहोरी अवार्ड २०८३ लाई सभ्य तथा भब्य रुपमा सफल पार्नका लागी योगदान दिएका ब्यक्ति तथा संघ संस्था र पत्रकारहरुलाई पनि सम्मान गरिनुका साथै कलाकारहरुलाई पछिल्लो समय सांगीतिक क्षेत्रको डिजिटल बजार बारे र युटुब, फेसबुक, टिकटक बारे फाईदा तथा बेफाईदा अनी त्यसको सदुपयोगबारे प्रबिधी बिज्ञ राजेन्द्र अर्यालद्धारा प्रशिक्षण दिईको थियो।

प्रशिक्षण पश्चात कतिपय डिजिटल बजारबारे ज्ञान नभएका कलाकारहरुले यस बिषय सम्बन्धी प्रशिक्षण आवश्यकता भएको र ज्ञान लिन पाएको कुरा ब्यक्त गर्दै धेरै कलाकारहरुले अध्यक्ष प्रसाद लामिछाने लगायत उपत्यका समिति परिवार धन्यबाद ज्ञापन गरेका छन्। उक्त कार्यक्रममा बरिष्ठ उपाध्यक्ष शर्मिला कंडेलले स्वागत मन्तब्य राखेका थिए भने अध्यक्ष प्रसाद लामिछानेले कार्यक्रम र उपत्यका समन्वय समितिको उदेश्यबारे प्रष्ट पारेका थिए।

 

प्रकाशित मिति : २०८३ असोज १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस