नेकपा (बहुमत) का महासचिव धर्मेन्द्र बास्तो पक्राउ

 काठमाडौं, ५ फागुन । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोला लाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार मंगलबार उनलाई काठमाडौंको सुन्धारा क्षेत्रबाट नियन्त्रणमा लिइएको हो ।

पक्राउबारे जानकारी दिँदै उपत्यका अपराध अनुसन्धान कार्यालय का एसएसपी सन्तोष खड्का ले सो कुरा पुष्टि गर्नुभयो । बास्तोलासँगै पार्टीका काभ्रे जिल्ला सचिव विष्णु प्रसाद तिम्सिना पनि पक्राउ परेका छन् ।

नेकपा (बहुमत) ले फागुन २१ गते हुन लागेको निर्वाचनको विरोध गर्दै आएको छ । सोही क्रममा मंगलबार पार्टीले नेपाल बन्दको घोषणा गरेको थियो ।

प्रकाशित मिति : २०८२ फाल्गुन ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस