राेल्पा, फगाममा विभिन्न पार्टि परित्याग गरी ३५ जना नेपाली कम्युनिष्ट पार्टी प्रवेश

राेल्पा, फागुन ५ । रोल्पाको सुनछहरी गाउँपालिका–६ फगाममा आयोजित भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टी राेल्पा क्षेत्रका उम्मेद्वार वर्षमान पुन (अनन्त) को उपस्थितिमा ३५ जना विभिन्न दल परित्याग गर्दै नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन्।

No description available.      No description available.

कार्यक्रममा प्रतिनिधिसभा सदस्यका उम्मेदवार “अनन्त”ले महिलाको सामाजिक–राजनीतिक सहभागिता बढेको उल्लेख गर्दै, विगतमा महिलालाई घरबाहिर निस्कन समेत कठिनाइ हुने अवस्था रहेकामा अहिले महिला प्रधानमन्त्री र राष्ट्रपतिको भूमिकामा पुगिसकेको उदाहरण प्रस्तुत गर्नुभयो। उहाँले विद्युत् विस्तार, सडक सञ्जाल, तथा संघ–प्रदेश–स्थानीय तहसहित तीन तहको सरकारको अभ्यासलाई आफ्नो दलको उपलब्धिका रूपमा व्याख्या गर्नुभयो।

उहाँले विकासका स्पष्ट एजेन्डा, नीति र कार्यान्वयन क्षमता नेपाली कम्युनिस्ट पार्टीसँग मात्र रहेको दाबी गर्दै, यस क्षेत्रको समग्र विकासका लागि निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाउनुभयो। स्वास्थ्य र शिक्षामा लगानी बढाउने तथा तीनै तहका सरकारबीच समन्वय गरेर विकास अघि बढाइने उहाँको भनाइ थियो।

कार्यक्रमका क्रममा नेपाल कम्युनिस्ट पार्टी (माओवादी विप्लव) बाट ३४ जना र मंगोल नेशनल अर्गनाइजेसन पार्टीबाट १ जना गरी जम्मा ३५ जनाले पार्टी प्रवेश गरेका आयोजकले जनाएको छ। प्रवेश गर्नेहरूलाई टीका र मालासहित स्वागत तथा सम्मान गरिएको थियो।

कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री जोखबहादुर महरा, पूर्व सभामुख ओनसरी घर्ती मगर, पार्टी संयोजक रेशम पुन र पार्टी सह–इन्चार्ज हरि प्रसाद घर्ती लगायतको उल्लेख्य उपस्थिति रहेको थियो।

प्रकाशित मिति : २०८२ फाल्गुन ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस