रोल्पाबाट वर्षमान पुन विजयी

रोल्पा , फागुन २४ । रोल्पा जिल्लाबाट प्रतिनिधिसभा सदस्य पदका लागि भएको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीका वर्षमान पुन विजयी भएका छन्। उनले कुल २७ हजार ४६० मत प्राप्त गर्दै प्रतिस्पर्धी उम्मेदवारहरूलाई ठूलो अन्तरले पराजित गरेका हुन्।

निर्वाचन परिणाम अनुसार नेपाली काँग्रेसका सुदन कुमार वलीले १२ हजार ८ मत प्राप्त गर्दै दोस्रो स्थान हासिल गरेका छन्। त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका बालराम थापाले १० हजार ८९४ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन्।

यसैगरी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का गोकुलप्रसाद घर्तीले ९ हजार ९३३ मत प्राप्त गरेका छन् भने नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का चुडामणी वलीले ३ हजार ७१४ मत पाएका छन्।

अन्य उम्मेदवारहरूमध्ये राष्ट्रिय प्रजातन्त्र पार्टीका अम्मरबहादुर थापा क्षेत्रीले ८४६ मत, राष्ट्रिय जनमोर्चाका मेख बहादुर बिष्टले ३१८ मत, नेशनल रिपब्लिक नेपालका मनबहादुर घर्तीमगरले २७९ मत, मंगोल नेशनल अर्गनाइजेशनका कुमार घर्तीमगरले १०८ मत तथा आम जनता पार्टीका दिलबहादुर कामीले ६२ मत प्राप्त गरेका छन्।

यस परिणामसँगै वर्षमान पुन रोल्पाबाट प्रतिनिधिसभा सदस्यमा पुनः निर्वाचित भएका छन्।

प्रकाशित मिति : २०८२ फाल्गुन २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस