प्युठान, फागुन १० । प्युठान नगरपालिका–८, तालस्थित सडकमा एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ। बिजुवारबाट नौबहिनी तर्फ गइरहेको रा १ झ २३६ नम्बरको एम्बुलेन्स र लु ३७ प ७०२४ नम्बरको मोटरसाइकल शनिबार दिउँसो ठोक्किएका हुन्।
उक्त दुर्घटनामा मोटरसाइकल चालक, नौबहिनी गाउँपालिका–१, स्याउलिवाङका २१ वर्षीय कुशल गौचन थकालीको मृत्यु भएको हो। दुर्घटनामा घाइते उनको उपचारका क्रममा भैरहवा मेडिकल कलेजमा मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ।
साथै, मोटरसाइकलमा सवार अर्का एकजनाको सोही अस्पतालमा उपचार भईरहेको छ। एम्बुलेन्स प्रहरीको नियन्त्रणमा राखिएको छ।
प्रकाशित मिति : २०८२ फाल्गुन १० गते आइतवार


