दाङ, फागुन ९ । दाङको तुलसीपुरमा बिहीबार साँझ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शीर्ष नेताहरू रवि लामिछाने र बालेन्द्र शाह आउने कार्यक्रमका क्रममा भेला भएका केही कार्यकर्ताबाट नेकपा एमाले को झण्डा जलाइएको घटनापछि समग्र दाङकाे राजनीतिक वातावरण तनावग्रस्त बनेको छ।
प्रत्यक्षदर्शीका अनुसार तुलसीपुरको वीरेन्द्र चोक मा एमाले अध्यक्ष केपी शर्मा ओली विरुद्ध चर्का नाराबाजी गर्दै सूर्य चिह्न अंकित झण्डा जलाइएको थियो। “केपी चोर देश छोड”, “झण्डा जला, घण्टी बजा” जस्ता नारासहित प्रदर्शन गरिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएकाे छ। जसकारण अहिले रास्वपा माथि विभिन्न ब्यक्ति, पार्टि, संगठन लगाएतले तिब्र अालाेचना गरी रहेकाे छन ।
सामाजिक सञ्चालमा भेटिएका केहि गुणासाेहरू

यसै क्रममा केही व्यक्तिले चोकमा रहेको शालिकमाथि उभिएर अभद्र व्यवहार गरेको दृश्यसमेत सार्वजनिक भएपछि घटनाको चौतर्फी आलोचना भइरहेको छ। घटनाबारे प्रतिक्रिया लिन रास्वपा तुलसीपुर नगर सभापति जीवन भण्डारीसँग सम्पर्क प्रयास गरिए पनि उक्त समयमा सम्पर्क नभएकाे जनाएका छन ।
एमाले तथा भातृ संगठनको कडा आपत्ति
घटनाप्रति एमाले दाङले कडा आपत्ति जनाउँदै दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेको छ। जिल्ला अध्यक्ष शिवकुमार आचार्य ले जारी गरेको विज्ञप्तिमा झण्डा जलाउने, प्रचार सामग्री खोस्ने तथा सवारी साधनमा तोडफोड गर्ने कार्य लोकतान्त्रिक संस्कारविरुद्ध भएको उल्लेख गरिएको छ।

एमाले दाङका सचिव श्याम डाँगी ले यस्तो गतिविधिले निष्पक्ष र भयरहित निर्वाचन हुने वातावरणमै प्रश्न उठाएको बताउँदै सुरक्षा निकायलाई गम्भीर चासोका साथ दोषीमाथि कानुनी कारबाही गर्न आग्रह गर्नुभयो।
यस्तै, एमाले दाङका उपाध्यक्ष मनोहर बुढाथोकी ले सामाजिक सञ्जालमार्फत घटनाको निन्दा गर्दै कानुनी कारबाहीको माग गर्नुभएको छ। एमाले केन्द्रीय सदस्य साजिदा सिद्दीकी ले पनि झण्डा च्यात्ने, जलाउने तथा अटो तोडफोड गर्ने कार्य घोर निन्दनीय भएको उल्लेख गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभएको छ।
एमाले तुलसीपुर नगर कमिटी अध्यक्ष रूपबहादुर खत्री ले जारी गरेको विज्ञप्तिमा झण्डा जलाउनु राजनीतिक कायरता भएको उल्लेख गरिएको छ।
यसैबीच, एमालेका भातृ संगठन अनेरास्ववियु र युवा संघ नेपाल ले संयुक्त रूपमा जिल्ला प्रशासन कार्यालय दाङमा ज्ञापनपत्र बुझाउँदै २४ घण्टाभित्र दोषीलाई कारबाही गर्न माग गरेका छन्। उनीहरूले प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याल समक्ष ज्ञापनपत्र बुझाएका हुन्।
रास्वपाको खण्डन

यता, रास्वपा दाङले विज्ञप्ति जारी गर्दै झण्डा जलाउने घटनामा पार्टीको संलग्नता नरहेको दाबी गरेको छ। घटनालाई भ्रामक र सुनियोजित प्रचार गरिएको भन्दै पार्टीको आधिकारिक धारणा सार्वजनिक गरिएको छ।
राप्रपाको गम्भीर ध्यानाकर्षण

यस घटनाप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी लुम्बिनी प्रदेशले पनि गम्भीर ध्यानाकर्षण जनाएको छ। प्रदेश सचिव राजेन्द्र अधिकारी द्वारा जारी विज्ञप्तिमा तुलसीपुरको चोकमा रहेको शालिकमाथि उभिएर गरिएको व्यवहार र एमालेको झण्डा जलाउने कार्यप्रति घोर भर्त्सना गर्दै रास्वपाले सार्वजनिक रूपमा धारणा राखी माफी माग्न तथा यस्ता गतिविधि दोहोरिन नदोहोरिने प्रतिबद्धता गर्न आग्रह गरिएको छ।
नेशनल भोलिन्टियर फोर्स

दाङमा रास्वपाको कार्यक्रममा एमालेको झण्डा जलाउने र नेतृत्वको चरित्रहत्या गर्ने कार्यको घोर भत्सर्ना गर्दछौं। राज्यले दोषीलाई कठघरामा नउभ्याए नेशनल भोलिन्टियर फोर्स प्रतिकारमा हुने बताइएकाे छ ।
घोराहीमा रास्वपाको आमसभा
यसैबीच, शुक्रबार दाङको घोराहीमा रास्वपाको चुनावी आमसभा सम्पन्न भएको छ। आमसभामा पार्टी सभापति रवि लामिछाने सहभागी हुनुभएको थियो भने स्वास्थ्य समस्याका कारण बालेन्द्र शाह सहभागी हुन नसकेको जानकारी दिइएको छ।

सभामा दाङ क्षेत्र नं. १ का उम्मेदवार देवराज पाठक, क्षेत्र नं. २ का उम्मेदवार बिपिन कुमार आचार्य, क्षेत्र नं. ३ का उम्मेदवार कमल सुवेदी, रोल्पाका उम्मेदवार बालाराम थापा तथा प्युठानका उम्मेदवार सुशान्त वैदिक ले सम्बोधन गर्नुभएको थियो।
सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले पुराना दलहरूले लामो समयसम्म पनि देशलाई विकासको बाटोमा अघि बढाउन नसकेको आरोप लगाउँदै अबको विकल्प राष्ट्रिय स्वतन्त्र पार्टी भएको दाबी गर्नुभयो। दाङको थारु समुदायको कला र संस्कृतिलाई साझा पहिचानका रूपमा हेर्नुपर्ने उहाँको भनाइ थियो।
उम्मेदवारहरूले दाङको समग्र विकास, कृषि, रोजगारी, शिक्षा, स्वास्थ्य, आधारभूत पूर्वाधार, दुर्गम क्षेत्रको पहुँच विस्तार तथा युवाको पलायन रोक्ने गरी स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
दाङमा झण्डा जलाउने विरुद्ध एमालेको कालो झण्डा



