घोराहीमा ७६औँ राष्ट्रिय प्रजातन्त्र दिवस दीप प्रज्वलनसहित मनाइयो

घाेराही, फागुन ७ । घोराहीमा ७६औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइएको छ। बिहीबार साँझ जिल्ला “मूल समारोह समिति”को आयोजनामा घाेराही शहीद गेटमा दीप प्रज्वलन गरी दिवस मनाइएको हो।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, उपप्रमुख हुमा कुमारी डी.सी. लगायत प्रमुख व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

त्यस्तै, कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी सङ्घ–संस्थामा आबद्ध कर्मचारी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, जिल्लामा क्रियाशील पत्रकार, सुरक्षा कर्मी तथा स्थानीय बासीलगायतको उल्लेख्य उपस्थिति रहेको थियो।

प्रकाशित मिति : २०८२ फाल्गुन ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस