दाङ, फागुन ६ । घोराही–८ स्थित सौरि गाउँमा नेपाली कम्युनिस्ट पार्टीद्वारा आयोजित सन्ध्याकालिन कार्यक्रममा दाङ–२ का प्रत्यक्ष उम्मेदवार निर्मल आचार्य, समानुपातिक उम्मेदवार भिम कुमारी बुढा मगर र सस्मती चौधरीलाई भव्य स्वागत गरिएको छ। कार्यक्रममा स्थानीय मतदाताको उल्लेखनीय सहभागिता र उत्साह देखिएको थियो।
कार्यक्रममा पार्टीका नेता मिलन डाङ्गी, अट्ल चौधरी, शक्तिराम डाङ्गी, पुनम सेर्पाइली, प्रमिता चौधरी, इन्जिनियर प्रतीक अधिकारी, इराक घर्ती, इन्द्रा बुढा, उपकार रावत, श्रीप्रशाद चौधरी, पिताम्बर ओलि लगायत वडाका टोल विकास संस्थाका अध्यक्ष तथा अगुवाहरूको उपस्थिती रहेको थियो।
उक्त अवसरमा बोल्दै उम्मेदवारहरूले जनतासँग प्रत्यक्ष संवाद गर्दै विकास, कृषि र रोजगारीका विषयमा आफ्ना प्रतिबद्धता प्रस्तुत गरेका थिए। मतदाताहरूले कृषि उत्पादनको समर्थन मूल्य कायम गर्न, मल अभावको दीर्घकालीन समाधान गर्न तथा निर्वाचित भएपछि उम्मेदवार नियमित रूपमा गाउँ फर्केर जनतासँग प्रत्यक्ष सम्पर्कमा रहन आग्रह गरेका थिए।
कार्यक्रममा स्थानीय बासिन्दाले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै किसानमैत्री नीति आवश्यक रहेको धारणा राखेका थिए। उम्मेदवारहरूले जनताको सुझावलाई आत्मसात गर्दै व्यवहारिक समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।


