धनगढीमा रास्वपाको ‘परिवर्तन उद्घोष सभा’ सम्पन्न

काठमाण्डाै, फागुन ६ । राष्ट्रिय स्वतन्त्र पार्टी ले आज धनगढी मा ‘परिवर्तन उद्घोष सभा’ नाम दिइएको चुनावी सभा आयोजना गरेको छ।

सभामा पार्टी सभापति रवि लामिछाने तथा वरिष्ठ नेता बालेन्द्र शाह लगायतले सम्बोधन गर्नुभएको थियो।

सभालाई सम्बोधन गर्दै रास्वपाका तर्फबाट प्रधानमन्त्रीका उम्मेदवारसमेत रहनुभएका वरिष्ठ नेता शाहले आफू भोट माग्न नभई काम माग्न सुदूरपश्चिम आएको बताउनुभयो। नेपाल आफैँ सुन्दर देश भए पनि ‘माल पाएर चाल नपाएको’ अवस्था रहेको उल्लेख गर्दै उहाँले सुदूरपश्चिमलाई ‘सु–नजिक प्रदेश’ बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो।

“रास्वपा यहाँ भोट माग्न आएको होइन, काम माग्न आएको हो। काम दिनुस्,” उहाँले भन्नुभयो।

त्यस्तै, पार्टी सभापति रवि लामिछानेले आफूहरू खुद्रामा कुरा गर्न नभई एकैपटक समग्र प्रणाली परिवर्तन गर्न आएको दाबी गर्नुभयो। उहाँले सिंहदरबार बनाउनेभन्दा पनि बदल्न जरुरी रहेको बताउनुभयो।

प्रकाशित मिति : २०८२ फाल्गुन ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस