काठमाडौं, फागुन ६ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शेर्पा समुदायको महान पर्व ग्याल्पो ल्होसारको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण शेर्पा दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।
सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षसमेत रहेका प्रचण्डले संघीयता, समावेशिता र पहिचानको सम्मानसहितको नयाँ नेपालको निर्माणमा शेर्पा समुदायको योगदान ऐतिहासिक र प्रेरणादायी रहेको उल्लेख गर्नुभएको छ।
उहाँले ग्याल्पो ल्होसारले समान अधिकार, सामाजिक न्याय र राष्ट्रिय एकताको यात्रामा थप दृढता प्रदान गरोस् भन्ने कामना व्यक्त गर्नुभएको छ। हाल पूर्वी रुकुमबाट प्रतिनिधिसभा निर्वाचन लड्दै आउनुभएका प्रचण्डले पर्व–उत्सवले नेपाली समाजबीच आपसी सद्भाव, सहिष्णुता र एकतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभएको छ।
उहाँको शुभकामना सन्देशले शेर्पा समुदायप्रति सम्मान र राष्ट्रिय समावेशिताप्रतिको प्रतिबद्धता झल्काएको छ।


