घाेराही, फागुन ६ । दाङ क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहनुभएका प्रगतिशील लोकतान्त्रिक पार्टीका इन्जिनियर प्रतीक अधिकारीले आफ्नो उम्मेदवारी निष्क्रिय बनाउँदै नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार निर्मल आचार्यलाई सर्मथन गर्ने घोषणा गरेका छन।
बुधबार घोराहीमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै इन्जिनियर प्रतीक अधिकारीले आफुलाई लोकतान्त्रिक दिशाबाट अघि बढाउने क्रममा आफ्नै दलको बाटो छोड्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेकाे बताएका छन्।
साथै उनले यही पार्टीका निर्मल आचार्यलाई निरन्तर समर्थन गर्ने अभिव्यक्ति दिएका छन्। उक्त कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका समानुपातिक उम्मेदवार भिमकुमारी बुढाको पनि उपस्थिति रहेको थियो, उनले इन्जिनियर अधिकारीको निर्णयलाई सकारात्मक रूपमा स्वागत गरिन।
बुधवार सम्पन्न पत्रकार सम्मेलनकाे अवसरमा नेता तथा कार्यक्रता, जिल्लामा क्रियासिल पत्रकार लगाएतकाे उल्लेख्य उपस्थिती रहेको थियो। पत्रकार सम्मेलनमा बोल्दै प्रतिक अधिकारीले भने: “दाङ क्षेत्र–२ का जनताको अपेक्षा, समृद्धि र न्यायलाई अझ ठोस रूपमा अगाडि बढाउन मैले नेपाली कम्युनिस्ट पार्टीसँग आफ्नो राजनीतिक यात्रा अघि बढाउने निर्णय गरेको हुँ। यसै कारणबाट मैले आज यहाँ नेकपा प्रवेश गरेको घोषणा गर्दै निर्मल आचार्यलाई पूर्ण समर्थन गर्दछु। उनले भने” साथै उनले पार्टीको लक्ष्य, विकास र समावेशीताको पक्षमा काम गर्ने प्रतिवद्धता रहेकाे समेत बताएका छन्।
स्थानीय राजनीतिक विश्लेषकहरुले यस कदमलाई दाङ क्षेत्र–२ को चुनावी समीकरणमा महत्वपूर्ण मोड मानिरहेका छन्। यसले आगामी मतदान प्रक्रियामा मतदाताको मनोबल र निर्वाचन परिणाममा समेत प्रभाव पार्न सक्ने अपेक्षा रहेकाे समेत बताएका छन ।
यो प्रसंगले दाङ क्षेत्र–२ लाई अझै उच्च राजनीतिक चर्चा र प्रतिस्पर्धात्मक बनाएको छ, जसप्रति मतदाताहरुको चासो बढ्दै गएको देखिन्छ।


