जयशेर मा.वि. को ६२औँ वार्षिकोत्सव सम्पन्न, “शिक्षा सुधारमा सहकार्य जरूरी”

घोराही , फागुन १ । घोराही–६ रावतगाउँस्थित जयशेर माध्यमिक विद्यालयले आफ्नो ६२औँ वार्षिकोत्सव शुक्रबार विविध कार्यक्रमसहित सम्पन्न भएकाे छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अटल चौधरीको अध्यक्षता र पूर्व सांसद आस्मा चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो।

No description available.

कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टी, दाङ क्षेत्र–२ का प्रत्यक्ष उम्मेदवार निर्मल आचार्य र राष्ट्रिय स्वतन्त्र पार्टी, दाङ क्षेत्र–२ का प्रत्यक्ष उम्मेदवार विपिन कुमार आचार्यसहित अन्य सरोकारवालाको उपस्थिति रहेको थियो।

प्रमुख अतिथि आस्मा चौधरीले विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्दै समाज निर्माणमा योगदान पु¥याएको उल्लेख गर्दै सामुदायिक विद्यालयको स्तर उकास्न स्थानीय तह, अभिभावक र सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताउनुभयो।

उपस्थित उम्मेदवार निर्मल आचार्यले शिक्षा क्षेत्रको विकास बिना समाजको समग्र विकास सम्भव नभएको भन्दै सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धिमा आफू सधैं सहयोगी रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। विपिन कुमार आचार्यले भने शिक्षालाई व्यवहारिक र सीपमूलक बनाउनुपर्ने र विद्यार्थीलाई प्रतिस्पर्धी बनाउन विद्यालय र समुदायबीच सहकार्य जरुरी रहेको धारणा राख्नुभयो।

No description available.

अध्यक्ष अटल चौधरीले विद्यालयलाई शैक्षिक र भौतिक रूपमा अझ सुदृढ बनाउँदै आगामी दिनमा नमूना विद्यालयका रूपमा विकास गर्ने लक्ष्य रहेको बताए। उहाँले शिक्षक, अभिभावक र विद्यार्थीको संयुक्त प्रयास विद्यालयको प्रगतिमा महत्वपूर्ण रहेको पनि उल्लेख गर्नुभयो।

कार्यक्रममा प्रधानाध्यापक गणेशप्रसाद रिजालले विद्यालयको वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै शैक्षिक उपलब्धि, पूर्वाधार विकास र आगामी योजनाबारे जानकारी दिनुभयो भने लेखापाल चन्द्र बहादुर पुनले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो।

वार्षिकोत्सवमा विद्यार्थीहरूले शैक्षिक सामग्री प्रदर्शनका साथै गीत, नृत्य र सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। कार्यक्रमको सहजिकरण शिक्षक ससिराम वलीले गर्नुभएको थियो।

प्रकाशित मिति : २०८२ फाल्गुन २ गते शनिवार
प्रतिक्रिया दिनुहोस