जनयुद्धको उपलब्धि रक्षा आजको आवश्यकता हो : आचार्य

राेल्पा, माघ २९ ।  नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवं दाङ क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्य उम्मेदवार निर्मल आचार्य ले जनयुद्धबाट प्राप्त उपलब्धिको रक्षा गर्नु आजको प्रमुख आवश्यकता भएको बताउनुभएको छ। सहिद स्मृति आवासिय माध्यामिक विद्यालय द्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै आचार्यले जनआन्दोलन र जनयुद्धले स्थापित गरेका राजनीतिक, सामाजिक तथा समावेशी उपलब्धिहरूलाई संस्थागत गर्दै अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो।

उहाँले परिवर्तनका लागि धेरै त्याग र बलिदान भएको स्मरण गर्दै अहिलेको पुस्ताले ती उपलब्धिलाई विकास, सुशासन र जनसेवामा रूपान्तरण गर्नुपर्ने बताउनुभयो। शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा विद्यालय परिवार, स्थानीय अगुवा, अभिभावक तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूले सहिदहरूको योगदानको सम्मान गर्दै सामाजिक रूपान्तरणका एजेन्डालाई व्यवहारमा लागू गर्नुपर्ने बताएका थिए ।

प्रकाशित मिति : २०८२ फाल्गुन १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस