राेल्पा, माघ २९ । नेपाली कम्युनिष्ट पार्टीका प्रभावशाली नेता तथा रोल्पाका उम्मेद्वार वर्षमान पुनमगरले रोल्पाली जनताको शिर कहिल्यै पनि झुक्न नदिएको र आगामी दिनमा झुक्न नदिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभयोः–“रोल्पाली जनताको शिर झुक्न दिएको छैन र आगामी दिनमा दिने छैन ।”
बिहिवार रोल्पा नगरपालिका खुमेलको मतदातासँग भेटघाटको क्रममा पुनले आफ्नो प्रतिवद्धता मनतव्यको क्रममा बताउनुभएको हो । उहाँले नयाँ पार्टी भन्नेहरु जसरी बर्षामा बाढी आउँदा खहरे खोला झै भएको टिप्पणी गर्दै भन्नुभयोः–“खहरे खोलाले बगाएर जसरी क्षति गर्दछ, गंगरेटो मात्रै बनाउन सक्ने हो, यो नेपालमा नयाँ भन्ने राजनीतिक दलहरुको जनआकर्षण घटेको छ । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीको पहिले जितको स्थानबाट नलडेर किन निर्वाचन क्षेत्र फेरेर निर्वाचनमा भाग लिनु भनेको नै त्यसैले गर्दा उनीहरुको हावाहुरी झै भएको बताउनुभयो ।
पुनले रोल्पा जिल्लामा पहिले काम गर्दा कुनै पनि विभेद नगरी काम गरेको दावी गर्दै रोल्पा जिल्लाको समृद्धीका लागि काम गरेको बताउँदै आगामी दिनमा त्यसरी नै काम गरिने बताउनुभयो । उहाँले राजनीतिक रुपमा सचेत हुनका लागि जनतालाई आह्वान गर्दै रोल्पा जिल्लाबाट फेरी आफू र आफ्नो पार्टीलाई मत दिएर विजयी गराएमा फेरी पनि जनताको सेवा गर्ने बताउनुभयो । निर्वाचन मतदाता भेटघाटमा पुग्नुभएका नेता वर्षमान पुनमगरलाई वडाको तर्फबाट समस्या राख्दै नेपाली कम्युनिष्ट पार्टीका वडाका नेता भरतकुमार विष्टले लम्पुजा, वडा भवन हुँदै सुनिलस्मृति मार्ग जोड्ने मोटर बाटो कालोपत्र, वडाभरीको वाटोहरु स्तरउन्नती, राष्ट्रिय मा.वि. खुमेलको आवासीय भवन, कुनापानीको र गोठमारेको विद्यालयको भवन निर्माण, खुमेल स्वास्थ्यचौकीको भवनको निर्माणका गरि दिनुपर्ने माग राख्नेका थिए ।
पार्टीका केन्द्रीय नेता जोखबहादुर महरा, झक्कुप्रसाद सुवेदी, जिल्ला इन्चार्ज राजबहादुर बुढामगर, सहइन्चार्ज हरीप्रसाद घर्तीमगर, केन्द्रीय सदस्य, सुरेन्द्र थापा घर्ती, आसबहादुर पुनमगर, पूर्ण केसी, केन्द्रीय सदस्य गुलाफ मगर, केन्द्रीय सदस्य तथा जिल्ला संयोजक रेशम पुनमगर र केन्द्रीय केन्द्रीय सन्तोष सुवेदी लगायतको नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा कलाकार नविन खड्काले निर्वाचन सम्बन्धी गीत प्रस्तुत गर्नुभएको थियो भने पञ्चेवाजा समूहले स्वागत गरेको थियो । कार्यक्रमको सहजीकरण रोल्पा नगरपालिका अध्यक्ष फविन्द आचार्यले गर्नुभएको थियो । आज यस्तै मतदातासँगको कार्यक्रम रोल्पा सुनिलस्मृति गाउँपालिका गजुल र मिझिङ, रोल्पा नगरपालिका धबाङमा समेत गरिएको छ । भोली विहान ९ बजे रोल्पा नगरपालिका १ मेबाङ, रोल्पा न.पा. ४ का त्रित्रिकोट, रोल्पा न.पा. २ को समेत कार्यक्रम गर्ने निर्वाचन प्रचार प्रचार समितिले बताएको छ ।


