नेकपा दाङ क्षेत्र नं. २ का उम्मेद्वार निर्मल आचार्यको घरदैलो कार्यक्रम तिब्र

दाङ, माघ २६ । नेपाली कम्युनिस्ट पार्टीका दाङ क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य निर्मल आचार्यले घरदैलो कार्यक्रमलाई तीव्रता दिनुभएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ अन्तर्गत मानपुर, बनकट्टा, जमेरा लगायतका गाउँमा पुगेर उहाँले मतदाता, स्थानीय अगुवा र समर्थकहरूसँग भेटघाट गर्नुभएको हो।

घरदैलोका क्रममा आचार्यले स्थानीय समस्या, विकास आवश्यकताबारे सुझाव लिँदै पार्टीका नीति तथा कार्यक्रमबारे जानकारी गराउनुभएको थियो। उहाँले जनताको आवश्यकताअनुसार विकास योजनालाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। स्थानीय बासिन्दाले सडक, खानेपानी, कृषि र रोजगारीका विषयमा ध्यान दिन आग्रह गरेका थिए। घरदैलो कार्यक्रम आगामी दिनमा पनि निरन्तर जारी रहने बताइएको छ।

प्रकाशित मिति : २०८२ माघ २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस