
चैत्र १ अनिल के सी महेन्द्र बहुमुखी क्याम्पस स्ववियुको अध्यक्षमा दिपेश कुमार डी सी निर्विरोध निर्वाचित।
महेन्द्र बहुमुखी क्याम्पस घोराही दाङको स्वतन्त्र विद्यार्थी युनियन को मिति २०८१ फागुन महिनाको २७ गते मनोनयन दर्ता पश्चात् चुनावी मैदानमा उत्रिएका सम्पूर्ण पार्टी निकटका संगठनका अध्यक्षहरूमध्ये नेपाली कांग्रेस निकटका नेवी सङ्घ का अध्यक्ष दिपेश कुमार डिसी अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्। त्यसैगरी उपाध्यक्षमा अखिल क्रान्तिकारीका प्रशान्त पोखरेल। निर्वाचित भएका छन्। सचिवमा सागर पण्डित अनेरास्ववियु बाट निर्वाचित भएका हुन्। त्यस्तै सहायक सचिवमा दीपक केसी जो अखिल समाजवादीबाट निर्वाचित भएका छन्। त्यस्तै कोषाध्यक्षमा रमिला शर्मा। नेवी संघबाट निर्वाचित भएकी छन्। त्यस्तै नेवी संघको तर्फबाट सदस्यमा छ जना निर्वाचित भएका छन्। बसन्त भण्डारी पुरुषोत्तम झा चन्द्रा पाण्डय इमन घिमिरे ऐश्वर्या ददेल र मदन खड्का रहेका छन्। भने अनेरास्ववियु बाट एकजना सदस्य पुष्प सुवेदी निर्वाचित भएका छन् भने त्यस्तै अखिल क्रान्तिकारीको तर्फबाट पाँचजना सदस्य निर्वाचित भएका छन्। जस अन्तर्गत मधुसुधन गिरी सिताकुमारी बुढा मगर एलिना महरा प्रकाश केसी र त्रिदेवी ओली निर्वाचित भएका छन्। भने अखिल समाजवादी को तर्फबाट तीन सदस्य निर्वाचित भएका छन्। जस अन्तर्गत खुम रिजाल विकास खड्का र दिनेश डागी रहेका छन्। भने एकजना स्वतन्त्र विद्यार्थी समूहबाट समीक्षा शर्मा लामिछाने निर्वाचित भएका छन्। यस्तै अध्यक्षसहित २१ जनाको टिम विजय भएको छ