नेकपा माओवादी केन्द्र परिवर्तन गाउँपालिकाको तेस्रो अधिवेशन सम्पन्न, माओवादी केन्द्र अध्यक्षमा हरिप्रसाद बुढा मगर निर्विरोध चयन

नेकपा माओवादी केन्द्र परिवर्तन गाउँपालिकाको तेस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशन मंगलबार परिवर्तन गाउँपालिका–५ पुतलाचौरमा सम्पन्न भएको हो। सोमबार भएको उद्घाटन कार्यक्रम पश्चात् तेस्रो अधिवेशन बन्द शत्रमा प्रवेश गरेको थियोे ।

बन्द शत्रमा निर्वाचन हुने चर्चा सुनिदैं आएको भए पनि रात्री करिब २ बजे तिर छलफलबाट सहमतिको आधारमा निर्विरोध पदाधिकारीहरु चयन गरिएको निर्वाचन मण्डलका संयोजक भिम प्रकाश पुनले जानकारी दिनु भएको छ ।

पुनका अनुसार नेकपा माओवादी केन्द्र परिवर्तन गाउँपालिकाको अध्यक्षमा हरिप्रसाद बुढा निर्विरोध चयन भएको बताउनु भएको छ । उपाध्यक्षमा बम बहादुर पुन,देव बहादुर बुढा मगर र खमिता राना निर्विरोध चयन भएको बताइएको छ ।

सचिवमा कर्ण बहादुर बुढा मगर,सह–सचिवमा चुडालाल वली,कोषाध्यक्षमा झपिराम डाँगी निर्विरोध चयन भएको नेकपा माओवादी केन्द्र परिवर्तन गाउँपालिकाले जानकारी दिएको छ ।

सदस्यहरुमा हिमाल बिक, गोविन्द बहादुर वली, एलिना पुन, दिलसरी घर्ती,खडक बहादुर वली, मानसिङ बुढा, नारायण प्रसाद बाँठा, लालबहादुर घर्ती, रमेश पुन मगर, हस्तिरा रोका, मेलिना बिक, बाल कुमारी रोका, देउ प्रसाद वली, धनसिङ राना, दिल बहादुर वली, लक्ष्मी वली, गण बहादुर बुढा, हस्तराम बुढा प्रेम बहादुर रोका मगर, योगेन्द्र बुढा, मन बहादुर बिक, योगेन्द्र गिरी, सुनिल बुढा मगर, किरण महर, सम्झना राना, मोहनलाल बुढा मगर, कल्पना विष्ट, कृष्ण बहादुर सुनार,पुर्वे बुढा मगर, सुन कुमारी बुढा मगर, जम्मु सुनार, धन प्रसाद बुढा मगर, कर्मसरी पुन मगर, लालबहादुर डाँगी र दिपक रोका मगर गरी ३५ जना सदस्य निर्विरोध चयन भएको बताइएको छ ।

बुढा मगरको अध्यक्षतामा ४२ सदस्यीय नयाँ कार्यसमिति चयन भएको निर्वाचन मण्डलले जानकारी गराएको छ। सोमबार उद्घाटन कार्यक्रमको नेकपा माओवादी केन्द्रका केन्द्रीय उपमहासचिव बर्षमान पुनको प्रमुख आतिथ्यता रहेको थियोे । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य ओनसरी घर्ती र नेकपा माओवादी केन्द्रका पोलिट ब्युरो सदस्य दिपेन्द्र कुमार पुनको विशिष्ट आतिथ्यता रहेको थियोे ।

नेकपा माओवादी केन्द्र रोल्पा जिल्ला इन्चार्ज राज बहादुर बुढा मगर,नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सचिवालय सदस्य तथा रोल्पा जिल्ला संयोजक रमेश पुन, नेकपा माओवादी केन्द्र केन्द्रिय सल्लाहकार सदस्य जय बहादुर घर्ती मगर, नेकपा माओवादी केन्द्र परिवर्तन गाउँपालिका इन्चार्ज हित कुमारी बुढा मगर, नेकपा माओवादी केन्द्र परिवर्तन गाउँपालिका सह–इन्चार्ज सुक बहादुर बुढा मगर, नेकपा माओवादी केन्द्र प्रदेश सल्लाहकार सदस्य दल बहादुर बुढा मगर, मन बहादुर बुढा मगर, नेकपा माओवादी केन्द्र जेष्ठ नागरिक समिति सदस्य भान्सिङ बुढा मगर, अधिवेशन निर्वाचन मण्डलका संयोजक भिम प्रकाश पुन,सहिद परिवार समाजका प्रतिनिधि दिपक रोका मगर र घाइते अपाङ्ग प्रतिनिधि कृष्ण सुनार लगायतको आतिथ्यता रहेको थियोे ।

नेकपा माओवादी केन्द्रको संशोधन विधान बमोजिम अहिले पालिकाको कार्यालयकाल २ बर्ष र वडा स्तरमा १ बर्ष हुने व्यवस्था गरेको छ ।

 

प्रकाशित मिति : २०८१ मङ्सिर १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस