परिवर्तन गाउँपालिका सुभकामना कप रोल्पा जिल्ला अन्तरपालिका स्तरीय क्रिकेट प्रतियोगिता २०८१ सम्पन्न

रोल्पा,

परिवर्तन गाउँपालिका सुभकामना कप रोल्पा जिल्ला अन्तरपालिका स्तरीय क्रिकेट प्रतियोगिता २०८१ परिवर्तन गा पा मा सम्पन्न भएको छ परिवर्तन गा पा को आयोजना र खेलकुद बिकास समितिको सहआयोजनामा रहेको कार्यक्रमको खेलकुद बिकास समितिका अध्यक्ष श्री बिक्रम बाठा मगरको अध्यक्षताबाट सुरु भएको कार्यक्रमको प्रमुख अतिथिमा लुम्बिनी प्रदेश सभासद तथा नि बर्तमान स्वास्थ मन्त्री माननीय दिपेन्द्र कुमार पुन सिजल बिशिस्ट अतिथिमा परिवर्तन गा पा अध्यक्ष सुक ब बुढा प्रशासकिय अधिकृत प्रेम जि एम अतिथिमा नेपाल शिक्षक महासङघ केन्द्रिय समिति सदस्य भिम प्रकाश् पुन निबर्तमान उपाध्यक्ष हितकुमारी बुढा कृक्रेत सङघ रोल्पा जिल्ला अध्यक्ष ओम के सि ६ वटै वडा का वडा अध्यक्ष मादी गा पा २ म वडा अध्यक्ष y.c.l नेपाल जिल्ला इन्चार्ज राजनीतिक दलका प्रमुख प्रतिनिधि पत्रकार सुरक्षाकर्मी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको खेलमा ५ टिमको सहभागी रहेको थियो जसमा मादी गा पा गङगादेब गा पा रोल्पा न पा र परिवर्तन A र B रहेको थियो कार्यक्रम रोल्पा जिल्ला कृकेत सङघका अध्यक्षले रोल्पा जिल्लामा यस्तो खेल दोश्रो पटक हुदै छ तर पालिका स्तरीय मध्य चाहिँ पहिलो पटक हो खेलमा परिवर्तन अगाडि छ हामीले सबै पालिका लाई निमन्त्रणा गरेका थिएउ तर आएनन् भनी भन्नू भएको थियो ।

र बिशिस्ट अतिथि तथा परिवर्तन गा पा अध्यक्ष ले बोल्दै भन्नू भयो म पनि पहिले क्रिकेट सङघ जिल्ला उपाध्यक्ष थिए उतिबेला केही गर्न नसके पनि अहिले निति कार्यक्रम ल्याइ यसलाई कार्यनवयन गर्न आबस्यक बजेट को निर्धारण गरिएको हो भनी भन्न् भएको छ उहाले भन्नू भएको छ कि जब हामी स्थानीय तहले नै यस्तो खेलकुद को आयोजना गरेनौ भने खेलमा अगाडी बढाउन सक्दैनौ भनी भन्नू भएको छ उहाँले खेल सङगै शिक्षा लाई जोड दिनका लागि राष्ट्रिय स्तर बाट गोल्ड मेडल जित्न सफललाई निशुल्क छात्रवृत्ति को ब्यस्था लुम्बिनी प्रदेश राष्ट्रपति रनिङ सिल्डमा मेडल जित्न सफल लाई पनि छात्रवृत्ति को ब्यब्स्था गरेको भन्नू भयो ।

र प्रमुख अतिथिले सुभकामना मन्तव्यमा बोल्दै गर्दा उहाले भन्नू भयो म २०७४ देखि निर्बाचित हुदै आएको छु तर मैले कृकेत खेलको उतघातन पहिलो पटक गर्दै छु यो मेरो पहिलो अनुभुती पनि हो रोल्पा जिल्ला खासै कृकेत मैत्री मैदान पनि नभएको बताउनु भयो उहाले अन्य गाउँपालिकाबाट आउनु भएको खेलाडी लाई भन्नू भएको थियो तपाईं हरु यहाँ जित्न र हार्न मात्र आउनु भएको छैन तपाईं हरुको गाउँ पालिकामा कतिको खेलकुद कार्यक्रम हुन्छन् त स्थानीय सरकार खेलकुद प्रती कति मैत्री छ त्यो कुरा तपाईंले जान्न हुने छ यस् गाउँ पालिका बाट राम्रा कुरा सिकेर जानू हुने छ र तपाईं हरुले सिकेका कुरा आफ्नो पालिका मा प्रस्तुत गर्नु हुनेछ भन्ने मुख्य कुरा हुनेछ भनी भन्नू भयो उहाले देश मा थुप्रै जाती पार्टी र धर्म हरु छन र ती सबै आ आफना छन भनी भन्नू भयो र ती सबै कुरा हरु खेल सङग जोडिएको हुन्छन् भनी भन्नू भयो ।

र खेलकुद बिकास समिति का अध्यक्ष ले कार्यक्रम को समापन गर्नु भएको थियो भने खेलकुद बिकास समिति का सदस्य सचीव श्री ललित कुमार बुढा मगर को स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रम को सन्चालन सदस्य गोबिन्द ओलि ले गर्नु भएको थियो र कार्यक्रम छोतो र मिठो ढंगले समापन भएको थियो ।

प्रकाशित मिति : २०८१ कार्तिक १० गते शनिवार
प्रतिक्रिया दिनुहोस