दशै तिहारको मैत्रीपुर्ण भेटघाट तथा सुभकामना आदानप्रदान कार्यक्रम २०८१ परिवर्तन ५ राङकोटमा सम्पन्न

काठमान्डौं,

आज मिति २०८१/०७/०८ का दिन परिवर्तन गा पा ५ राङकोटको गोरिचौरमा दशै तिहारको मैत्रीपुर्ण भेटघाट तथा सुभकामना आदानप्रदान कार्यक्रम २०८१ सम्पन्न भएको छ।५ न वडा का वडा अध्यक्ष श्री दिल ब वलि को अध्यक्षता बाट सुरु भएको कार्यक्रमको प्रमुख अतिथिमा गा पा अध्यक्ष सुक ब बुढा र अतिथिमा नेकपा माओवादी गा पा उपाध्यक्ष खमिता राणा नेपाली काङ्ग्रेस गा पा सभापति श्री खडक घर्ती वडा सदस्य ज्युहरु विभिन्न राजनीतिक दलका प्रमुख प्रतिनिधि विभिन्न टोल बिकास सस्थाका अध्यक्ष पत्रकार सुरक्षाकर्मी स्वास्थकर्मी बिधालय ब्यबस्थापन समितिका अध्यक्ष बिधालयका प्र अ क्लब र सङघ सस्था का प्रमुख प्रतिनिधि लगायत को उपस्थिति रहेको थियो ।

जस कार्यक्रमका बीच सम्पुर्ण बिधालयका शिक्षक युवा क्लबका प्रतिनिधि खेलकुदका प्रतिनिधि रेडक्रस बि ब्यसका प्रतिनिधि राजनीतिक दलका प्रमुख प्रतिनिधि कर्मचारी बुद्धिजीवी जनप्रतिनिधि लगायतले सुभकामना प्रदान गर्नु भएको थियो भने जि स स निबर्तमान सदस्य खमिता राणाले आफ्नो सुभकामना मन्तव्य राख्नु भएको थियो भने उहाँले अरुले सोधेका प्रश्न जस्तै राजनीतिक दलले सामाजिक संजाल खेलेको जुहारी युवा हरुको असन्तुष्ट को बारेमा बर्णन गर्नु भएको थियो भने नेपाली काङ्ग्रेस गा पा सभापति खडक घर्ती मगर ले आफ्नो सुभकामना मन्तव्य राख्दै कोहि कसै सङघ केहि नभएको पार्टी बिच केही नभएको तर युवा ले सामाजिक संजाल मा लेख्न गलत को हो भनी भन्नू भएको थियो ।

र गा पा अध्यक्ष ले आफ्नो सुभकामना मन्तव्य राख्दै यो कार्यक्रमका बाबजुद सबै सङग भेटघाट भयो र अहिले राङकोटका मान्छेले जोहारी खेल्नु पर्ने छैन राङकोटमा अहिले धेरै बजेट आएको छ र झन त्रिबेनि खोला साइटमा त स्कुल भबन स्वास्थ इकाईमा खानेपानी लगायत त्रिबेनि ट्वाङ सडक खण्ड झोलुङ्गे पुल लगायत धेरै परेको त्यसै गरि राङसी डाडागाउ पुतलाचौर हुँदै राङकोट रुकुम जोडने सडक खण्ड लगायत अरुको तुलनामा धेरै परेको अन्य कुरामा पनि उहाले कदम चालेको राङकोटको ८ को परिक्षा लिएर ब्यक्ति बचाउ या पालिका बचाउ मध्य पालिका बचाएको भन्ने कुरा भन्नु भएको थियो र उहाले राङकोट त्यस्तो सामाजिक संजालमा जुहारी खेल्न जरुरी छैन केही भन्नू परेमा भेट भएर भन्न पनि अनुरोध जनाउनु भयो र सङगै गा पा र आफ्नो तर्फबाट सबै लाई सुभकामना व्यक्त गर्नुभएको थियो ।

भने अन्त्यमा वडाका वडा अध्यक्ष तथा सभापति श्री दिल ब वलिले निमन्त्रणा लाई स्वीकार गरेर आएकोमा सबैलाइ धन्यवाद दिदै सबै लाई सुभकामना पनि राख्नु भएको थियो र चाड पर्व अलि खर्चिलो भड्किलो नगर्न पनि अनुरोध गर्नु भएको थियो र जे छ त्यहीमा रमाउन अरुको सिको नगर्न समेत बताउनु भएको थियो र वडामा राम्रै बजेटको निर्धारण भएको सबैलाइ पुर्याएको भनी भन्नू भएको छ। र वडा सदस्य हस्तराम बुढा को स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रम को सञ्चालन सचीव नमुना बुढाले गर्नु भएको थियो ।कार्यक्रममा ६० जनाको हाराहारीमा उपस्थिति रहेको र कार्यक्रम भब्य भएको जानकारी रहेको थियो ।

प्रकाशित मिति : २०८१ कार्तिक १० गते शनिवार
प्रतिक्रिया दिनुहोस