
काठमान्डौं,
स्थानीय सरकार गठन भएयता हालै रोल्पाको रुन्टिगढी गाउँपालिकामा हाल सम्मकै उच्च संख्यामा करिव ३२०० विधुत्तिय पोल सहित सामाग्री पठाएको बताइएको छ । रुन्टिगढी गाउँपालिका अध्यक्ष जनक पुनको पहल र उर्जा तथा जलस्रोत सिचाइ मन्त्री दिपक खड्काको विशेष सहयोगमा ६ ट्रक अनुमानित ३२०० पोल बिरगंज बाट रुन्टिगढी पठाइएको हो ।
गाउँपालिका भित्र अँध्यारो मुक्त घोषणा गर्न आफू निरन्तर लागि परेको र तत्काल आएका पोल र सामाग्री वितरण गर्ने तथा थप आवश्यक विधुत्तिय पोल र सामाग्रीका लागि पहल गरि यस बर्ष भित्रै पुरै विधुत्तिकरण गरि अँध्यारो मुक्त गाउँपालिका घोषणा गर्ने अध्यक्ष पुनले बताए ।
रुन्टिगढीमा कयौं बर्ष देखी हुन नसकेका र रोकिएका काम भैरहेको साथै काम चुस्त बनाएको बताउदै सिचाईले पनि छिटै गति ल्याउने गरि काम भैरहेको कुरा जानकारी गराए ।
हाल सम्म एकैपटक रुन्टिगढी गाउँपालिकामा एकैपटक यसरी विधुत्तिय पोल पठाएको भने यो पहिलोपटक हो ।
जिल्ला विधुत्त प्राधिकरण रोल्पाका अनुसार २०७४ साल यता एकैपटक रुन्टिगढीमा HT-800 वटा 11meter मेन लाईनमा पठाएको र LT -1600 – 8 Meter शाखा पोल पठाएको बताए ।