परिवर्तन गाउँपालिकाले गर्याे छ महिना सम्मको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

 परिवर्तन गाउँपालिकाले आर्थिक बर्ष २०८०/०८१ को अर्धवार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ।

 

परिवर्तन गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय पुतलाचौर रोल्पाको आयोजनामा छ महिना सम्म भएको प्रगति विवरण,सेवा प्रवाह र भौतिक प्रगति लगायतको बारेमा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो।

२०८० साउन देखि पुष महिना सम्म गरेको सेवा प्रवाह बारेमा विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि,परिवर्तन गाउँपालिका भित्रका विभिन्न विद्यालयका प्रधानाध्यापकहरु,विभिन्न क्लबका प्रमुख तथा प्रतिनिधि,विभिन्न आमा समूहका अध्यक्ष तथा प्रतिनिधि,विभिन्न टोल विकास समितिका अध्यक्ष तथा प्रतिनिधि,बुद्धिजीवी,व्यापारी लगाएतको उपस्तिथिमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ।परिवर्तन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम जि.एमले ६ महिना सम्म भएका प्रगति विवरण अर्धवार्षिक सार्वजनिक सुनुवाई कार्यक्रममा पेश गर्नु भएको थियो।जि.एमले चालु आर्थिक बर्ष २०८०/०८१ मा गाउँपालिकाको कुल बजेट रु.४४ करोड ९१ लाख ३२ हजार ३ सय १२ रुपियाँ रहेको छ।पुष मसान्तसम्म विभिन्न स्रोतबाट गरेर रु.२१ करोड २१ लाख ५९ हजार ३ सय ९० रुपियाँ निकासा भएको जानकारी गर्नु भएको छ।

अब निकासा हुन बाँकी २३ करोड ३८ लाख ३९ हजार ६ सय ३८ रुपियाँ रहेको छ।नेपाल सरकारबाट प्राप्त अनुदान तर्फ नेपाल सरकारको समानिकरण अनुदान बार्षिक बजेट ८ करोड ५७ लाखमा अहिलेसम्म ४ करोड २८ लाख ५० हजार निकासा भएको छ भने ४ करोड २८ लाख ५० हजार निकासा हुन बाँकी रहेको छ।नेपाल सरकार शशर्त अनुदान चालु १८ करोड ७० लाखमा अहिले सम्म निकासा ९ करोड ३५ लाख रहेको छ भने ९ करोड ३५ लाख निकासा हुन बाँकी रहेको छ।नेपाल सरकार शशर्त पुजिगत अनुदान १ करोड ३० लाखमा अहिलेसम्म निकासा ३५ लाख भएको छ भने ९५ लाख निकासा हुन बाँकी रहेको छ।नेपाल सरकार विषेश पुजिगत अनुदान १ करोड १५ लाखमा अहिलेसम्म २८ लाख ७५ हजुर निकासा भएको छ भने ८६ लाख २५ हजार निकासा हुन बाँकी रहेको छ।

नेपाल सरकार समपुरक पुजिगत अनुदान ५५ लाखमा अहिलेसम्म १३ लाख ७५ हजार निकासा भएको छ भने ४१ लाख २५ हजार निकासा हुन बाँकी रहेको छ।त्यस्तै प्रदेश सरकारबाट प्राप्त अनुदान प्रदेश सरकार समानिकरण अनुदान ५८ लाख १७ हजारमा अहिलेसम्म १४ लाख ५४ हजार २ सय ५० निकासा भएको छ भने ४३ लाख ६२ हजार ७ सय ५० रुपैयाँ निकासा हुन बाँकी रहेको छ।प्रदेश सरकार शशर्त चालु अनुदान १ लाख ५० हजारमा अहिलेसम्म ३७ हजार ५ सय रुपियाँ निकासा भएको छ भने १ लाख १२ हजार ५ सय निकासा हुन् बाँकी रहेको छ।प्रदेश सरकार शशर्त अनुदान पुजिगत ८ लाख रुपियाँमा २ लाख निकासा भएको छ भने ६ लाख निकासा हुन बाकि रहेको छ।

प्रदेश सरकार समपुरक अनुदान १ करोड रुपियाँमा अहिलेसम्म २५ लाख निकासा भएको छ भने ७५ लाख रुपियाँ निकासा हुन बाँकी रहेको छ।राजश्व बाँडफाँड तर्फ राजश्व बाँडफाँड संघीय सरकार ८ करोड ९० लाख २३ हजार ५ सय रुपियाँमा ३ करोड ३९ लाख ३६ हजार ४ सय ९२ रुपियाँ निकासा भएको छ भने ५ करोड ५० लाख ८७ हजार ७ रुपियाँ निकासा हुन बाँकी रहेको छ।राजश्व बाँडफाँड प्रदेश सरकार ३१ लाख ३३ हजार २ सय ८४ रुपियाँमा अहिलेसम्म शून्य निकासा भएको छ भने ३१ लाख ३३ हजार २ सय ८४ रुपियाँ निकासा हुन बाँकी रहेको छ।

आन्तरिक स्रोत चालू आर्थिक बर्ष आन्तरिक स्रोत अनुमान ३५ लाख ५० हजारमा अहिलेसम्म १३ लाख ७२ हजार ६ सय १९ रुपियाँ निकासा भएको छ भने २१ लाख ७७ हजार ३ सय ८१ रुपियाँ निकासा हुन बाँकी रहेको छ।गत बर्ष बैंक मौज्दात २ करोड ६७ लाख ५८ हजार ५ सय २८ रुपियाँमा अहिलेसम्म २ करोड ६७ लाख ५८ हजार ५ सय २८ रुपियाँ निकासा भएको छ भने निकासा हुन बाँकी शून्य रहेको छ।हाल सम्मको बजेट निकास र बाँकी बजेटको अनुपात हेर्दा कुल बजेटको ४७.२३ प्रतिशत बजेट निकासा भएको देखिन्छ।

  1. गाउँपालिकाको अहिलेसम्मको चालु र पुजिगत खर्चको विवरण गाउँपालिकाले चालु आर्थिक बर्षको कुल बजेट मध्ये चालु खर्चमा रु.३४ करोड ३५ लाख ६७ हजार १ सय ५६ रुपियाँ विनियोजन भएको थियोे।जसमध्ये हालसम्म रु.८ करोड ४३ लाख ६४ हजार ७ सय ६ रुपियाँ खर्च भैसकेको छ।जसलाई प्रतिशतमा हेर्दा चालु कुल बजेट २४.५५ प्रतिशत खर्च रहेको छ।

कुल बजेट मध्ये पुजिगत तर्फ १० करोड ५५ लाख ६५ हजार १ सय ५५ रुपियाँ विनियोजन भएको थियोे भने विनियोजन बजेट मध्ये १३.४५ प्रतिशत अर्थात १ करोड ४२ लाख ४१ हजार ७ सय ७५ रुपियाँ खर्च भएको छ।चालु र पुजिगत खर्चको औषतमा हेर्दा हालसम्म २१.९४ प्रतिशत अर्थात ९ करोड ८५ लाख ६८ हजार ९ सय ३ रुपियाँ खर्च भइसकेको छ।

हालसम्म योजना व्यवस्थापन तर्फ कुल योजना मध्ये १ सय ८४ वटा योजनाको सम्झौता सम्पन्न गरेको छ।त्यस्तै १ सय ७३ वटा भौतिक पूर्वाधार तर्फ र ११ वटा कार्यक्रम गत योजना रहेका छन।शिक्षा,स्वास्थ्य,कृषि,पशु,खेलकुद लगायतमा समेत परिवर्तन गाउँपालिकाले राम्रो काम गरेको छ।

परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगरको अध्यक्षतामा भएको अर्धवार्षिक सार्वजनिक सुनुवाई कार्यक्रममा उपाध्यक्ष,प्रमुख प्रशासकीय अधिकृत,सबै वडा अध्यक्ष,सबै वडा सदस्यहरु,परिवर्तन गाउँपालिकाका विभिन्न शाखाका प्रमुखहरु,सबै वडा सचीव लगायत विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि,विभिन्न विद्यालयका प्रधानाध्यापक,विभिन्न क्लबका अध्यक्ष तथा प्रतिनिधि,आमा समूहका अध्यक्ष तथा प्रतिनिधि टोल विकास समितीका अध्यक्ष तथा प्रतिनिधि,बुद्धिजीवी,व्यापारी लगायतको सहभागीता रहेको थियो।

उपस्थित विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि,विभिन्न विद्यालयका प्रधानाध्यापक,विभिन्न क्लबका प्रमुख तथा प्रतिनिधि,विभिन्न आमा समूहका अध्यक्ष तथा प्रतिनिधि,विभिन्न टोल विकास समितिका अध्यक्ष तथा प्रतिनिधि,बुद्धिजीवी,व्यापारी लगायतले उठाएका जिज्ञासाहरुको जवाफ सम्बन्धित शाखा परिवर्तन गाउँपालिकाका विभिन्न शाखाका प्रमुखहरुले दिएका थिए।सार्वजनिक सुनुवाई कार्यक्रमको सहजीकरण रेडियो माडी आवाजका स्टेशन म्यानेजर बुद्धिमान ओलीले गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस्

प्रकाशित मिति : २०८० माघ १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस