
दाङको धारपानीमा लाग्ने महाशिव रात्री मेला यसबर्ष पनि तिन दिन लाग्ने भएको छ । घोराही उपमहानगरपालिका वडा नम्वर ५ धारपानी स्थित पाण्डवेश्वर महादेव मन्दिर धाममा लाग्ने मेलामा बिभिन्न धार्मिक कार्य गरिनेछ ।
महाशिव रात्री पर्वको अवसरमा लाग्ने मेलाकै अवसरमा यही फागुन १२ गते १ सय ८ गौभूखी धाराको औपचारिक उद्घाटन गरिने छ । बिभिन्न दाताहरुको सहयोगमा निर्माण भएको गौभूखी धाराहरु निर्माण कर्ताहरुले सामुहिक उद्घाटन गर्ने कार्यक्रम तय गरिएको पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेश कुमार अधिकारी जानकारी दिनुभयो ।
गौमूखी धारा निर्माण भएको लामो समय भएपनि त्यसमा नियमित पानी खस्नका लागि पानी व्यवस्थापन गरिएपछि गौमूखी धारा निर्माणको कामले पूर्णता पाएको हो ।ति धाराहरुमा नियमित पानी आउनका लागि बवईको पानी लिफ्टिङ गरेर पोखरीमा जम्मा गर्ने र पाइप मार्फत गौमूखी धाराहरुमा खस्ने व्यवस्था मिलाइएको छ ।
१२ गते गौमूखी धारा उद्घाटन पछि प्रत्येक दिन बिहान २ घण्टा १ सय ८ वटै गौमूखी धाराहरुमा भत्तजनहरुलाई स्नानका लागि पानी आउने व्यवस्था गरिने अध्यक्ष अधिकारीेले जानकारी दिनुभयो ।
महाशिव रात्री पर्वकै अवसरमा फागुन १३ गते बेलुका एक हजार आठ वटा दिप प्रज्वलन गर्ने र १४ गते बिधि पूर्वक भगवान शिवको पुँजा आरधना गरी लुम्बिनी प्रदेशका मुख्य मन्त्रि चेतनारायण आचार्यको उपस्थितीमा नेपाली सेना लगायतका सुरक्षाकमी, मन्दिर व्यवस्थापन समिति, भत्तजन लगायतको सहभागितामा शिव सलामी समेत दिइने छ ।
मन्दिरको सौन्दर्य र आर्कषण बढाउन मन्दिर परिसरमा रहेका मठ मन्दिर, तुल्सीमैरो, सिडी, प्रतिक्षालयलगायतका स्थानमा रंग रोगन समेत गरिएको छ । मेलालाई व्यवस्थित र प्रभावकारी बनाउन बिभिन्न समिति तथा उपसमिति गठन समेत गरिएको छ ।