चलचित्र ‘बिर्खे मास्टर’ को छायांकन सुरु, मुख्य भूमिकामा ईश्वर र शिवांशी

काठमाडौँ। नेपाली कथानक चलचित्र ‘बिर्खे मास्टर’ को छायांकन सुरु भएको छ । डि सिनेमा आर्ट र सुन्दर क्रियसनको संयुक्त प्रस्तुतिमा बन्न लागेको चलचित्र ‘बिर्खे मास्टर’ लाई दिनेश घिमिरे (मुस्कान)ले निर्देशन गर्दैछ्न । कथा पनि घिमिरेकै रहेको छ भने चलचित्रलाई सायरा सुनारले निर्माण गर्न लागेकी हुन्।
​
चलचित्रको मुख्य भूमिकामा कलाकार ईश्वर खाती र श्री शिवांशी खड्का देखिनेछन्। उनीहरूसँगै मिस्टी देउवा, मोहन भण्डारी, बिना श्रेष्ठ, रबिना कार्की, केबी पौडेल, प्रमिसा नेपाली र सिमन परियार लगायतका कलाकारहरूको अभिनय रहनेछ।
​
सन्तोष सुनारको छायांकन रहने चलचित्र ‘बिर्खे मास्टर’ मा सुमन बिटी, पुरन बिरही, मन्जु उपासना र मनिषा लामीछानेको स्वर सुन्न सकिनेछ। पुरन बिरही र दिनेश मुस्कानको संगीत रहने यस चलचित्रका गीतहरू योगेश पानले रचना गरेका हुन्।

प्रकाशित मिति : २०८३ असोज १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस