काठमाडौं,
भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको बाढीले धनजनको क्षती हुनुका साथै मानबिय क्षती पनि भयो। कतिपयले ज्यान गुमाए त कति अझै बेपत्ता भएका छन्। जिवित ब्यक्तिहरु बाढीबाट प्रभाबित भएका छन्। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै गर्दा नेपालमा ठुला बिपत्ती भयो। त्यसकारण पनि नेपालीहरुको मनमा ठुलो पीडा छ। यस्तो अवस्थामा पनि तीज गीत सार्वजनिक नहुनुपर्ने हो, तर पनि चर्चित गायिका निशा सुनारको तीज बिशेष गीत “लाली लपक्कै सारी धपक्कै” सार्वजनिक भएको छ।
लाली लपक्कै सारी धपक्कै गीत तीज बिशेष गीत भएको अनी महिलाहरुलाई लक्षित गरी बनाईएपनि नेपालको बिपदको घट्नाले गीतको सार्वजनिक मिती सारेको कुरा निशा सुनारले बताउनुका साथै महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा यो गीत सार्वजनिक गरेको र यसलाई अन्यथा नलिन अनुरोध गरेकी छिन्।
यस गीतमा निशा सुनार र प्रकाश सपुतको स्वरको रहेको छ भने प्रकाश सपुत कै शब्द, संगीत रहेको छ। गीतको भिडियोमा सुनिल बि.क. को निर्देशन, गम्भिर बिष्टको कोरियोग्राफी, हरी हुमागाँईको छायाँकन, प्रबिन भट्टको सम्पादन रहेको छ। उक्त गीतको भिडियोमा प्रकाश सपुत, अग्रज नायिका निरुता सिंह र बिन्दु बोहोराको अभिनय रहेको छ। यस गीतलाई सनिशा फिल्मस् युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।
भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला।



