
रोल्पा जिल्लामै चिरपरिचित संस्थागत विद्यालय रोल्पा रेडियसन इङलिस बोर्डिङ स्कुल परिवर्तन-२,राङ्सी रोल्पाले आफ्नो स्थापना कालको १६ औं वार्षिकोत्सब तथा खेलकुद दिवस कार्यक्रम आज भव्यताका साथ समुद्घाटन गरेको छ।
बोर्डिङ स्कुलका फाउन्डर एवम् प्रिन्सिपल कमल वलीको अध्यक्षता रहेको वार्षिकोत्सब कार्यक्रमको प्रमुख अतिथिको रूपमा प्याब्सन रोल्पा जिल्लाका अध्यक्ष डी.वी घर्तीमगर,विशिष्ट अतिथिको रुपमा परिवर्तन-२,राङ्सी वडाका का.बा.अध्यक्ष उत्सिपा विक रहनु भएको थियो भने अन्य अतिथिमा माओवादी केन्द्रका राङ्सी अध्यक्ष खडका प्रसाद वली,राङ्सी वडा सचिव रेग बहादुर डाँगी,परिवर्तन गापा प्राविधिक विकास विक्रम आले,पोखरा बजार व्यवस्थापन समिति अध्यक्ष बलसिह बाँठा मगर,स्वास्थ्य चौकी राङ्कोटका इन्चार्ज अशोक विक,रोल्पा सनलाईट इ.बोर्डिङ स्कुल रुइनिवाङका प्रिन्सिपल मिलन विष्ट,सहिद स्मृति युवा क्लबका उपाध्यक्ष गणेशदेव बाँठामगर,बुद्धिजीवी एवम् सक्रिय अभिभावक एलिया परियार लगायत पत्रकार,व्यापारी,समाजसेवी,अभिभावक,शिक्षक,विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो।
विद्यालयले आफ्नो शैक्षिक गतिविधिलाई अब्बल बनाउँदै १६ औं वर्षको पावन अवसरमा विभिन्न शैक्षिक तथा खेलकुद कार्यक्रममा विभिन्न ४६ विधाहरुमा अन्तरिक प्रतिस्पर्धा मार्फत विद्यार्थीहरुको खेल तथा बौद्धिक ज्ञानको आधारमा विजेता र उपविजेता विद्यार्थीलाई कप,मेडल र प्रमाणपत्र सहित पुरस्कृत गर्नेछ भने उक्त कार्यक्रम पर्सि १० गते सनिवार सम्म चल्नेकुरा विद्यालय प्रशासनले बताएको छ।
बोर्डिङ स्कुलकी कुशल शिक्षिका अनिसा रोका मगरको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमकोमा विद्यार्थी,शिक्षक शिक्षिका,अभिभावकहरुले समेत बीचबीचमामा आफ्नो प्रतिभा राख्नु भएको थियो भने उत्घाटन समारोहको सहजीकरण यसै विद्यालयका डाइनामिक शिक्षक दुर्गा प्रसाद विष्टले गर्नुभएको थियो।