नव गठिन तमु समाज क्रोयसियाद्वारा तमु ल्होसार भब्यताका साथ सम्पन्न ।।

पौस-२२, क्रोयसिया

गत केही महिना देखि क्रोयसियामा विभिन्न संघसंगठनहरु निर्माणको क्रम बाड्दै आईरहेको छ । विभिन्न देशमा फैलिएको गुरुङ समुदायको तमु समाज क्रोयसियामा पनि सुरुवात भएको छ। क्रोयसियामा गरुङहरुको बाग्लो उपस्थितिसंगै तमु सामजको अबस्यता महसुस गरि तमु समाज कमल मान गुरुङ्को नेतृत्वमा क्रोयसियामा तमु समाज हालसालै स्थपना भएको हो।

तमु समाज क्रोयसियाको प्रमुख सल्लाहकारमा कमलमान गुरुङ र अध्यक्षमा अमित गुरुङ रहेको छ । स्थपनाको छोटो समयमै तमु समाजद्वारा तमु ल्होसार क्रोयसियाको जग्रेबमा jan 7 मा भब्यताका साथ सम्पन्न भयो ।

कार्यक्रममा करिब ४०० जनाको बाग्लो उपस्थिति थियो । कार्यक्रममा तमुहरुको स्वागत सत्कार गर्ने परम्परालाई अतिथी र दर्शकहरुले मुक्तकन्ठले प्रसंशा गरेको छ। उपस्थित सबैलाई भोजन गराईएको थियो । निभिन्न संघ संगठनहरु उपस्थिति थियो । क्रोयसियामा तमु समाजले गरेको कार्यक्रम अहिले सम्मकै उत्कृष्ट कार्यकम भन्न पनि पछि दर्शकहरु कन्जुस्याइँ गरिना।

कार्यक्रममा तमु समाज क्रोयसियाको कार्ययोजना कार्यनितिको बारेमा प्रष्ट पारिएको थियो भने कार्यक्रममा प्रमुख अतिथिको रुपमा गैर अबसिय नेपाली संघ क्रोयसियाको अध्यक्ष सुर्य बहादुर थिङ र विशेष अतिथी मा निबर्तामान गैर अबसिया नेपाली संघ क्रोयसियाको प्रमुख सल्लाहकार तथा क्रोयसियाको सफल ब्यवसायी दावा लामा थियो । मोना क्रोयसिया,तामाङ समाज,गोर्खा समाज गरि विभिन्न संघसंगठनका पदादिकारिहरुको उपस्तिथि कार्यक्रमको मुख्य सोभा बनेउ ।

 

प्रकाशित मिति : २०८० पुष २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस