गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकाल (२०२३–०२५) को लागि हाल क्यानडा निवासी लोक गायिका देवकी खत्री अर्थात् देविका के.सी.ले महिला संयोजक पदमा उम्मेद्वारी दिएकि छिन् ।
‘महिला सशक्तिकरण, सबैलाई जोड्ने एनआरएनए’ भन्ने नारा सहित गायिका केसीले एनआरएनए आइसिसीको महिला संयोजक पदमा उम्मेद्वारी दिएकि हुन् । आउँदो अक्टोबर १७ तारिखका दिन संघको ११ औं महाधिवेशन नेपालमा सुरु हुँदैछ । उक्त महाधिवेशनका बेला हुने निर्वाचनमा क्यानडाबाट प्रतिनिधित्व गर्दै लोक गायिका केसीले दुई वर्षे कार्यकालका लागि एनआरएनए भित्र महिला सशक्तिकरणको आवाज उठाउँदै महिला संयोजक पदमा उम्मेद्वारी दिन लागेको जानकारी दिईन् ।
बिदेशमा रहेर पनि हाम्रो मौलिक लोक गीत हाम्रो सस्कार संस्कृतीको समबृदी सम्बर्दन गर्दै अनि महिला दिदीबहिनीहरुको हकहित,महिला श-शक्तिकरणका लागी काम गर्ने इच्छा शक्ति अठोट सहित गैर आबासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको आगामी अक्टोबर १७-१९ (असोज ३०-कार्तिक २ सम्म मा हुने निर्वाचनमा महिला संयोजक पदमा उम्मेद्बारी उनले दिएकि छिन ।
केसीले दर्जनौ दर्जन गीतमा अवाज भरेकी छिन अग्रिम जितको लागि हाम्रो टिमको पनि सुभकामना भन्दै हेर्नुहोस उहाले फेसबुकमा आफुलाई जिताउनको लागि गरेको आग्रह :
गैर आबासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको आगामी अक्टोबर १७-१९ (असोज ३०-कार्तिक २ मा हुने निर्वाचनमा मैले महिला संयोजक पदमा उम्मेद्बारी दिने निर्णय गरेकी छु।
झन्डै दुई दशक देखि लोक गायिकाको रुपमा नेपाली लोक गीत र संगीतको संबाहक, सम्बर्द्धन – प्रबर्द्धन गर्दै ,आफ्नो समय एन आर एन ए जस्तो गरिमामय साझा संस्थामा पनि प्रत्यक्ष अप्रत्यक्ष रुपमा २०१३ देखि विभिन्न देशहरुमा आफ्नु साँगीतीक प्रस्तुति सहित सहभागी भएका कुरा यहाँ हरुलाई सर्बबिदितै छ ।
म मिडलिईस्टमा रहदा २०१७/२०१९ मा आइ सि सि सदस्यता ग्रहण गरि काम गरिसकेको पनि हजुर हरुलाइ अबगत नै छ ।
बिदेशमा हाम्रो मौलिक लोक गीत र संस्कृतीको सम्बर्दन गर्दै हामी महिला दिदीबहिनीहरुको श-शक्तिकरणका लागी काम गर्ने मेरो प्रतिबद्धता रहनेछ।
मेरो यो अभियानमा हजुरहरुको पुर्ण साथ, समर्थन, सहयोग र बिश्वासको अपेक्षा लिएको छु ।
लोक गायिका
देविका के सी (देवकी खत्री)