क्रोयसिया,
कार्यसमिती गठनको दुई बर्ष पूरा भएपछि नयाँ कार्यसमिती गठन गर्ने वा अधिबेसन गर्ने गैर अबसिया नेपालीसंघको बिधन अनुरुप यो अधिबेसन भएको हो । क्रोयसियामा अन्य कुनै संघसंगठनहरु नभएको बेला क्रोयसियामा पनि NRNA CROATIA को अबश्यकता अनुभूति गर्दै क्रोयसियामा पहिलो गैर अबसिय नेपाली संघको पहिलो अध्यक्ष बनेर साइमन लामाको नेतृत्वमा गठन सुरु भएको थियो ।
गैर अबसिय नेपालीसंघ क्रोयसियाले बिगत दुई बर्ष मा विभिन्न क्षेत्रमा काम गर्दै आइरहेको छ । दोस्रो बर्ष बितिसकेपछी पहिलो अधिबेशनमा फेरि साइमन लामाले नै पुन निरबिरोध अध्यक्षको जिम्मेवारी पाएको छ भने निबर्तमान बरिठ उपा-ध्यक्ष सुरेन्द्र आले साथै निबर्तमान महासचिव सुजन पौडेल टिमबाट बहिरिएको छ । नया युवाहरुलाई मौका दिएको हु आले बताउँछन । अध्यक्षको सकृयतालाई भने धेरैले सम्मान गरिएको देखिन्छ ।अनवरत रुपमा नेपालीहरुको सेवामा खटिरहेको अध्यक्षलाई क्रोयसियाका नेपालीहरुले अभिभावक नै मान्दै आईरहेको छ । यो पटक क्रोयसियामा तिब्र बढ्दो जनगनत्वसंगै जनमानसको बड्दो आश अनुरुप सकृय रुपमा टिमले कार्यकाल सफल पार्छ कि पार्दैन चासोको बिषय बनेको छ।
गैर अबसिया नेपाली संघ क्रोयसिया अधिबेशन सम्पन्न गर्नको तमु समाजको मुख्य सल्लाहकार कमल मान गुरुङले निर्वाचन समितिको संयोजकको भुमिका निर्वह गर्नु भएको थियो भने मोना क्रोयसियाको सल्लाहकार रामकृष्ण शर्माले र सुदुरपश्चिम समाजको अध्यक्ष रामकृष्ण शर्माले बिशेष भुमिका निर्वह गर्नु भएको थियो ।
कार्यक्रम स्थलमा पुर्व छनोट भएको सदस्यहरुको नामवाली घोषणा र सपथ ग्रहनको मात्र कार्यक्रम बनेको केही गुनसो पनि सुनिन्छ । बिगतमा NRNA क्रोयसियाले नेपालीहरुलाई भैपरी आएको खण्डमा सरकार भन्दा पहिला NRNA croatia पुगेको बर्तमान अध्यक्ष साइमन लामा दाबी छ ।
क्रोयसियामा नेपाली रादधुदाबास नभएको हुँदा राहदानी नवीकरणको काममा पनि nrna croatia ले समन्वयन गरेको को भनाई छ । विभिन्न चाडपर्वमा NRNA croatia ले विभिन्न सास्कृतिक कार्यक्रम गर्दै आईरहेको सबैमा सर्वबितितै छ ।अबको नया कार्यसमितिले यो भन्दा बडी जोस र उर्जाको साथ कार्यहरु थलानी गरि आगडी बड्ने अध्यक्षले बिस्वास ब्यक्त गरेको छ । धेरै गैरअबसिय नेपालीहरुले नयाँ बनेको कार्यसमितिलाई बदाई दिएको छ ।