काठमान्डौं। रोल्पाको परिवर्तन गाउँपालिका भित्र रहेका माध्यमिक विद्यालयहरुको एसईई नजिता कमजोर रहेको देखिएको छ ।
बुधबार सार्वजनिक गरिएको माध्यमिक परिक्षा एसईई नतिजा २०७८ प्रकाशित भए संगै कमजोर नतिजा देखिएको हो । नेपाल राष्ट्रिय नमूना मावि थप प्राविधिक तथा व्यवसायीक विद्यालय परिवर्तन गाउँपालिका ५ राङकोट मौलाबोटका प्रधानाध्यापक गोपाल बहादुर केसीका अनुसार विद्यालयबाट ३७ जना विद्यार्थी परिक्षामा सहभागी भएको बताउदै आफुहरुले सोचेको नतिजा नआएको बताउनु भयो । कोरोना महामारीले गर्दा सहजै रुपमा पठन पाठन गर्न नसक्दा सोचे अनुसारको प्रतिफल पाउन नसकिएको उहाँले बताउनुभयो ।
परिवर्तन गाउँपालिका-२ राङ्सीमा रहेको जनसेवा नमुना माविका प्रधानाध्यापक भिम प्रकाश पुन भन्नू हुन्छ, हाम्रो विद्यालयबाट ७३ जना परिक्षामा सहभागी भएका थिए र सबैको जिपए २ भन्दा माथि रहेको बताउनुभयो । हामीले जून आशा गरेको थियौं त्यो भन्दा नाजुक नतिजा आयो पुनले भन्नुु भयो ।
त्यस्तै परिवर्तन गाउँपालिका ३ बागमारामा रहेको जनता माविको पनि सोचेको भन्दा कमजोर नतिजा आएको सहायक प्रधानाध्यापक मनप्रसाद पुनको भनाइ रहेको छ । आफ्नो विद्यालयबाट ३७ जना विद्यार्थीले परिक्षा दिएको र केही विद्यार्थीहरुले १.६० जिपिए पनि लिएको बताउदै, कलेज भर्ना हुने, सामान्य विषय लिएर पढ्न सक्ने अवस्था भए पनि प्राविधिक धारको विषयहरु अध्यनमा समस्या हुने पुनले बताउनुभयो ।
परिवर्तन गाउँपालिका अध्यक्ष सुकबहादुर बुढा मगर भन्नुहुन्छ ‘मैले बुझेको अनुसार पालिका भित्र १२ वटा माध्यमिक विद्यालय रहेकोमा ८ विद्यार्थीले मात्र (ए) लिएको भन्दै ‘कुन विद्यालयबाट कति विद्यार्थी सहभागी भएका थिए हामीले एकिङ विवरण लिइरहेका छाैं’ पालिका अध्यक्ष बुढा मगरले भन्नु भयो ।
परिवर्तन गाउँपालिकामा १२ वटा मावि रहेका छन् । ती सबै विद्यालयमा एसईईको नतिजा बुझ्दा सन्तोषजनक नजिता नआएको प्रधानाध्यापकहरुको भनाई छ ।
आगामी शैक्षिक शत्रका लागि भने नतिजामा सुधार ल्याउन सबै विद्यालयहरुलाई चुनौति रहेको छ । अहिले अधिकांस नागरिकहरुले कोरोना विरुद्धको खोप लगाए सकेको र सरकारले ५ वर्ष मुनिका वालवालिकाहरुका लागि पनि खोप लगाउने कार्यक्रम गर्न थालेकाले कोरोनाको बाहानामा नतिजा कमजोर आएको बाहाना पनि टर्ने अभिभावकहरुको गुनासो छ ।
यस वर्षको यसइइ परिक्षाको नतिजा कमजोर आउनुमा कारोना संक्रमण मात्र नभएर अन्य विद्यालयहरु प्रविधि मैत्र बन्न नसक्नु, प्रयाप्त मात्रामा जनशक्ति नहुनु, कमजोर भौतिक पुर्वाधार, अभिभावहरुमा चेतनाको अभाव, विद्यालय क्षेत्रको कमजोर अनुगमन, प्राविधिक ज्ञान भएका शिक्षकहरुको अभाव, विद्यालयमा राजनिती लगाएतका धेरै तत्व रहेका छन ।
आगामी शैक्षिक क्षेत्रको गुणस्तर सुधार र अपेक्षकृत नतिजा लिनका लागि यि तत्वहरुको परिपुर्ति हुनु पनि विद्यालय, शिक्षा संग सम्वन्धित निकाय र विभिन्न सरकारहरुलाई यो चुनौति रहेको छ ।