रोल्पाको गंगादेव गाउँपालिकामा नवप्रवेशी माओवादी केन्द्रका प्रतिनिधिहरुलाई गरियो स्वागत

रोल्पाको गंगादेव गाउँपालिकामा २०७९ को स्थानिय निर्वाचनमा दलित महिला सदस्यको प्रत्यासी उमेदवार लिला विक (सुनार) ले नेपाली काँग्रेस परित्याग गरेकी छन ।

उनले काग्रेस परित्याग गरि नेकपा (माओवादी केन्द्र) रोजेकी हुन ।नेकपा (माओवादी केन्द्र) गंगादेव गाउँपालिका वडा नं ६ समितिले आयोजना गरेको टोल स्थरिय भेला/बैठकहरुमा सहभागी भइ (माओवादी केन्द्र) प्रवेश गर्नेको लहर बढेको छ। वडा नम्बर ६ मा जनभेटघाट चार दिन चलाएको नेकपा माओवादी केन्द्र गंगादेव गाउँ समिति उपाध्यक्ष टेकम ओलीले बताए ।

उनका अनुसार भेटघाटकै क्रममा वडा नंम्बर ६ नेपाली काग्रेस र नेकपा एमाले परित्यागगरि  ४५ जनाले नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेको बताए। पार्टी प्रवेश गर्नेहरुमा नेपाली काग्रेस बाट २०७९ को चुनावमा दलित महिला सदस्यको प्रत्यासी उमेदवार लिला विक (सुनार) सहित खिम बहादुर राना, मोहनसिङ राना, पिम बहादुर वली, मानसिङ राना, तुलसिराम वली, नदिराम भण्डारी, खिम बहादुर खड्का, वीर बहादुर खड्का, टोप बहादुर वली, मोहनसिंह राना, देव प्रसाद वली, बिजय बिन्दास राना, सपना वली, रामकला वली, राजेन्द्र राना, धन बहादुर राना, मानसिङ राना, पिमला वली, लाली वली, प्रमिला वली, खकेन्द्र वली, दलजित खड्का, खिम बहादुर राना, जसिराम राना, प्रेम ब खड्का, आकाश भण्डारी, रोशन भण्डारी, मानसिङ खड्का, जीवन भण्डारी, दल बहादुर राना, लक्ष्मण खड्का, बिनाराम वली, वीर बहादुर वली, जनक वली, विजय बिन्दास वली, पिउमाली खड्का, धनमाली  वली, रामकला वली, देउमति वली, गन बहादुर वली, नवीन वली, रत्न बहादुर वली, प्रेम  वली रहेका छन ।

गंगादेव गाउँपालिकामा नेपाली काग्रेस नेतृत्वको बहुमत सहितको सरकार छ । यहाँ माओवादी केन्द्रले संगठन सुध्रीढीकरण अभियान निरन्तर संचालन गर्दै आएको छ।

प्रकाशित मिति : २०८२ बैशाख १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस