
योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपाल पुथा उत्तरगङ्गा गाउँपालिकाको तेस्रो अधिवेशन मंगलबार तकसेरामा सम्पन्न भएको छ । अधिवेशनले सर्वसम्मत निर्णयमार्फत शुक्रराज बिकको अध्यक्षतामा नयाँ ४५ सदस्यीय कार्य समिति चयन गरेको छ ।
नव-निर्वाचित समितिमा उपाध्यक्षहरू शान्ती बुदा मगर, रोहित बिक र केशरमान घर्ती रहेका चयन हुनुभएको छ । सचिवमा जलन पुन चयन हुदा सह-सचिवहरूमा सागर बिक, सुनिता सुनाम र राज सेनले जिम्मेवारी पाउनुभएकाे हाे भने कोषाध्यक्षको रूपमा लक्ष्मी घर्ती चयन हुनुभएको छ ।
अधिवेशनबाट ४० जना सदस्यहरू निर्वाचित भएका छन् भने बाँकी ५ जना सदस्यहरू मनोयनमार्फत चयन गरिने संगठनका जिल्ला संयोजक नामेन्द्र सुनारले जानकारी दिनुभएको छ । संयोजक सुनारका अनुसार कार्यसमितिको पहिलो बैठकले बाँकी ५ जना सदस्य थप गर्ने छ भने भूमे गाउँपालिकाकाे सम्मेलन १९ गते र सिस्ने गाउँपालिकाकाे सम्मेलन २१ गते गर्ने कार्यक्रम तय गरिएको छ । जिल्ला सम्मेलन भने २९ गते गर्ने तयारी तिव्र रुपमा अघि बढाइएको संयोजक सुनारले जानकारी दिनुभएको छ ।
कार्यक्रममा पार्टीका नेता तथा संगठनका नेताहरूले संगठनलाई जनताको सेवामा सक्रिय र सशक्त बनाउन आवश्यक रहेको भन्दै नयाँ नेतृत्वलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।
नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश समिति सदस्य हर्कबहादुर कामी (जुझारु) काे प्रमुख तथा पार्टीका पुथा गाउँपालिका अध्यक्ष संगम राेका (विकल्प) र सरकारका लुम्बिनी प्रदेश सभा सदस्य दिल कुमारी बुढाकाे बिशेष आतिथ्यतामा अधिवेशन सुरु भएको थियो ।।