वाइसियल नेपाल थबाङ गाउँपालिकाको तेस्रो सम्मेलन सम्पन्न अध्यक्षमा धीरेन्द्र बुढा मगर चयन

वाइसियल नेपाल थबाङ गाउँपालिकाको तेस्रो सम्मेलन सम्पन्न भएको छ। नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका सदस्य तथा थबाङ गाउँपालिका इन्चार्ज दिनेश रोका को प्रमुख अतिथि नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटीका सदस्य तथा थवाङ गाउँपालिका सह इन्चार्ज र गाउँपालिका अध्यक्ष ऋषिकेशव बुढा मगरको विशिष्ट अतिथि वाइसीएल नेपाल केन्द्रीय समिति सदस्य सरिता झाँक्री मगर अतिथिमा वाइसीएल नेपाल रोल्पा जिल्ला इन्चार्ज मनोज बुढा मगर वाइसीएल नेपाल रोल्पा जिल्ला अध्यक्ष राजेन्द्र प्रकाश ओली वाइसीएल नेपाल लुम्बिनी प्रदेश कमिटी सदस्य दिपेन्द्र बुढामगर‌ वाइसीएल नेपाल लुम्बिनी प्रदेश कमिटी सदस्य मिलन रोका मगर वाइसीएल नेपाल लुम्बिनी प्रदेश कमिटी सदस्य हिमाल रसाइली पार्टीका अध्यक्षहरू इन्चार्जहरू प्रेस सेन्टर नेपाल जिल्ला कार्यसमिति सहसचिव अनिल खत्री लगायत कति अतिथिमा कार्यक्रम उद्घाटन भएको छ ।

बालकृष्ण रोका मगरको कार्यक्रम सञ्चालनबाट सुरु भएको स्वागत मन्तव्य अनुप झाँक्री मगरले दिनुभएको थियो । भने जिल्ला अध्यक्ष राजेन्द्र प्रकाश ओलीले युवाहरू एकबद्ध हुने र पार्टी संघ संगठनलाई बलियो बनाउन साथ सहयोग र समर्थन गर्ने हो भने बताउनुभएको छ। भने जिल्ला इन्चार्जले समेत आफ्नो शुभकामना मन्तव्य दिने क्रममा थवाङ गाउँपालिकामा मात्र नभई सम्पूर्ण गाउँपालिकाका वैसीएल अब एकबद्ध हुनुपर्छ र पार्टीलाई साथ सहयोग र समर्थन गर्नुपर्छ भन्ने जस्ता कुरा बताउनुभएको छ पार्टी अध्यक्ष भीमबहादुर बुढा स्वर्णिमले अबका दिनमा सरकारमा पातिरहेको हुनाले युवाहरुलाई केही हेर्नुपर्ने समेत बताउनुभएको छ। भने भोलिका दिनमा चाहिने यिनी युवा हुन् आजका दिन र हिजोका दिनको मात्र नहेरी भोलिको दिनमा आउने परिस्थितिलाई पनि हेर्ने कुरा जानकारी गराउनुभएको छ।

पालिका सरकारका अध्यक्ष ऋषिकेशव बुढा मगरले अबका दिनमा युवाले वैसेलले नै पार्टी हेर्ने हो अब हामी नै काम गर्ने हो पालिका सरकारले हेर्ने साथ समर्थन र सहयोगको विषयमा स्थानीय सरकार तयारी रहेको र युवाहरूले पनि वडामा पनि कुरा उठाउने भन्ने जस्ता कुरा जनाउनुभएको छ भने धीरेन्द्र बुढा मगरको अध्यक्षतामा २० कार्यसमिति चयन गरिएको छ। अन्य कार्यसमिति पहिलो बैठकले चयन गर्नेछ भने उपाध्यक्षमा रामकुमार झाक्री अन्जन बिक मनिषा बुढामगर सचिवमा विजय पुनमगर कोषाध्यक्षमा धनमाया बुढा मगर लगायतको बीच जानकारी समिति सदस्य चयन भएका छन्। भने ५ नम्बर वडाबाट आउन बाँकी नै छन्।

पहिलो बैठकले निर्णय गरी पारित गर्नेछ। भने प्रमुख अतिथिले वाइसीएल नेपालले आफ्नो कामकाज कर्तव्य के हो कस्तो हो कसरी गर्ने भन्ने विषयमा पार्टीसँग सहकार्य गरेर गर्नेछ र पार्टीलाई आइपरेको बेला सधैँ तयारी रहनेछ भन्ने जस्ता कुरा बताउनुभएको छ र पार्टीले हेर्नुपर्ने र गर्नुपर्ने कुरा युवाहरुलाई गर्ने नै छ भन्ने कुरा बताउनुभएको छ। र कार्यक्रम सभ्य र भव्यपूर्वक सम्पन्न भएको छ।भन्ने कुरा बताउनुभएको छ। र कार्यक्रम सभ्य र भव्यपूर्वक सम्पन्न भएको छ।

प्रकाशित मिति : २०८२ बैशाख १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस