
युवा सञ्जाल परिवर्तन गाउँपालिकाको प्रथम अधिवेशन सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता ग्रहण गर्दै कार्यक्रम संयोजक तथा सचिव रविनकुमार बुढा मगरको अध्यक्षताबाट सुरु भएको कार्यक्रम को प्रमुख अतिथि निवर्तमान गाउँपालिका उपाध्यक्ष हितकुमारी बुढा मगर रहनुभएको थियो। भने विशिष्ट अतिथिमा दुई नम्बर वडा अध्यक्ष तथा गाउँपालिका प्रवक्ता हरिप्रसाद बुढामगर रहनुभएको थियो।
त्यस्तै अतिथिमा नेपाली कांग्रेस गाउँपालिका उपसभापति कुलवीर घर्ती मगर नेकपा माओवादी केन्द्र गाउँपालिका सचिव कर्णबहादुर बुढामगर प्रमुख प्रशिक्षक लक्ष्मीप्रसाद आचार्य वाइसीएल नेपाल लुम्बिनी प्रदेश सदस्य हिमाल रसाइली आइ टि एफ तेक्वान्डो संघ रोल्पा जिल्ला अध्यक्ष कृष्ण बाठामगर नेपाल पत्रकार महासंघका रोल्पा जिल्ला सदस्य सूर्यप्रकाश बुढा मगर रुटिन अफ रोल्पाका सञ्चालक विकास खड्का लगायतको बालकल्याण मावि उपावाङ्का विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रविन कुमार बुढा मगर लगायतको अतिथियता रहेको थियो त्यस्तै कार्यक्रममा संगठित प्रतिवेदन सचिव रविन कुमार बुढा मगरले प्रस्तुत गर्नुभएको थियो। भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष प्रत्यक्ष बुढा मगरले प्रस्तुत गर्नुभएको थियो।
त्यस्तै सम्मेलनबाट रविन कुमार बुढा मगरको अध्यक्षतामा १५ कार्यसमिति चयन भएको छ। जसको सचिवमा हिमाल रसाइली सहसचिवमा अनिल खत्री कोषाध्यक्षमा निशा बुढा मगर सदस्यमा दीपक बुढामगर अन्जना बुढामगर लोकचन्द्र डाँगी महेश केसी। दिपेन्द्र डाँगी टेकन बुढा अनिल रोका मगर मुस्कान राणा मगर निराजन रोका मगर सम्झना राणा बुढा कर्णवीर घर्ती लगायतको टिम सर्वसम्मत चयन भएको छ र पहिलो बैठकले दुईजनालाई पछि मनोनित गर्ने गरी निर्णय गरेको छ भने प्रमुख अतिथि र विशिष्ट अतिथिद्वारा नवनिर्मित टिमलाई बधाई ज्ञापन र प्रमाणपत्र वितरण गरेको थियो। भने तीन दिने प्रशिक्षण तालिमको समेत प्रमाणपत्र वितरण गरिएको थियो।
नवनिर्वाचित टिमलाई प्रमुख अतिथिले परिवर्तन गाउँपालिकामा युवाहरूलाईबद्ध गर्ने एउटा संस्था युवा सञ्जाल हो। यसले युवाहरूको भविष्य समेत बनाउने बताउनुभएको छ। भने कार्यक्रमको सञ्चालन उद्घोषक तथा पत्रकार अनिल खत्रीले गर्नुभएको थियो। अनिल खत्रीले गर्नुभएको थियो।