मुलुक आर्थिक संकटमा

बैंकहरूमा लगानी गर्ने रकमको अभावसँगै नेपालमा विदेशी मुद्राको सञ्चिति घट्न थालेको छ । यी दुई किसिमको समस्याले गर्दा नेपाल पनि भेनेजुयला र श्रीलंकाजस्तै आर्थिक समस्यामा फस्ने हो कि भन्ने चिन्ता बढ्न थालेको छ । यी दुईखाले समस्याको मूल कारणका रूपमा कोभिड महामारीलाई लिइए पनि यसको जड क्रिप्टोकरेन्सी, विटक्वाइन र अवैधानिक हाइपरफन्डलगायतका नेटवर्क बिजनेस रहेको पनि अर्थविद्हरू बताउँछन् ।

अर्थमन्त्री जनार्दन शर्माले बैंकहरूमा पैसा राख्न र झिक्न पनि गाह्रो भएकाले बैंकहरूमा निक्षेप नगरी घरमै रकम राखिएको भनिएता पनि यसको कारण भने हाइपरफन्डजस्ता फन्डमा अवैधानिक रूपमा पैसा गएकाले हो । रेमिट्यान्स नभित्रिनुमा कारण पनि हाइपरफन्डजस्ता नेटवर्क विजनेसमा गएको लगानीले गर्दा हो ।

राष्ट्र बैंकले यस्ता लगानी अवैधानिक भने तापनि नेपालबाट दिनकै ५ करोडभन्दा बढी हुन्डीमार्फत र अन्य च्यानलबाट पैसा बाहिर जान थालेको छ । जसले गर्दा पनि बैंकहरूमा निक्षेप बढ्न सकेको छैन ।

प्रत्यक्ष हुन्डी गर्न नसक्नेले अप्रत्यक्ष रूपमा हाइपर फन्डहरूमा लगानी गरेका छन् । दाङका एक व्यवसायीले भने, ‘भाइ कतारमा छन्, अनि भान्जा अमेरिकामा ।’ उनी यता लगानी गर्नेहरूसँग पैसा असुल्छन् अनि भाइ र भान्जाले उताबाट डलरमा हाइपर फन्डमा पे गर्छन् ।

यस्तो कार्य गर्दा नेपालमा रेमिट्यान्सबाट डलर नभित्रिएको र नेपालमा डलरको अभाव हुन थालेको हो । यद्यपि, यति कारणले मात्र नेपालमा आर्थिक अवस्था समस्याउन्मुखतर्फ गएको भने पक्कै होइन ।  राजधानी दैनिकबाट

प्रकाशित मिति : २०७८ चैत्र २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस