आज सुनको भाउ ६ सय रुपैयाँले घट्यो

काठमाण्डाै – सुनको भाउ आज पनि घटेको छ । हिजो तोलामा चार सय रुपैयाँले घटेको सुनको भाउ आज फेरि ६ सय रुपैयाँले घटेको छ ।

आज सुनको भाउ तोलामा ९८ हजार ७ सय रुपैयाँ  निर्धारण गरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा १० रुपैयाँले घटेर १३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ  ।

प्रकाशित मिति : २०७८ चैत्र २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस