राजधानीमा क्रियाशिल डाँगी बन्धुहरुको भेला, सक्रियता बढाउन समन्वय समिति गठन

राजधानी काठमाडौंमा रहेर विभिन्न पेशा र क्षेत्रमा क्रियाशिल डाँगी बन्धुहरुको शनिबार भेला भएको छ। राजधानीमा रहेर विभिन्न क्षेत्र र पेशामा रहेका प्रतिनिधि डाँगी बन्धुहरुको उपस्थितिमा भएको भेलामा देशभरका डाँगी बगेश्वरी बन्धुहरुको सम्बन्ध विस्तार, वृत्ति र विकासका बारेमा छलफल भएको हो ।

भेलाले यसअघि गठन भएको डाँगी बन्धु सम्पर्क समितिलाई सक्रिय गराउन र अन्य व्यवस्थापकीय कामलाई समन्वय गर्न दीपक डाँगीको संयोजकत्वमा पाँच सदस्यीय बगेश्वरी डाँगी समन्वय समिति गठन गर्ने निर्णय गरेको छ। समितिको सदस्य सचिवमा होमप्रसाद डाँगी रहेका छन् भने सदस्यहरुमा रामकुमार डाँगी, मानबहादुर डाँगी र एलिस डाँगी रहेका छन्।

त्यस्तै भेलाले स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (ईपान)को उपाध्यक्षमा निर्वाचित मोहन मोहनकुमार डाँगी र सशस्त्र प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवा भएका बिमल डाँगीलाई सफल कार्यकालको शुभकामना प्रदान गर्ने निर्णय गर्यो ।

भेलामा दाङको लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रहेको गेहेन्द्रबहादुर डाँगी, ईपानका उपाध्यक्ष एमव तेह्रथुम हाइड्रोपावर कम्पनीका प्रबन्ध निर्देशक मोहन डाँगी, वरिष्ठ प्रहरी उपरीक्षक बिमल डाँगी, राष्ट्रिय स्वास्थ्यकर्मी संगठनका महासचिव टेकराज डाँगी लगायतले डाँगी बन्धुहरुको सम्पर्क समितिलाई सक्रिय बनाउनुपर्नेमा जोड दिएका थिए ।

भेलामा उद्यम, कलाकारीता, पत्रकारिता, निजामति सेवा लगायतका क्षेत्रमा क्रियाशिल १६ जना प्रतिनिधि डाँगी बन्धुहरुको उपस्थिति भएको थियो ।

प्रकाशित मिति : २०७८ साउन २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस