दाङ, असार ३२ । आगामी तीज २०८३ लाई लक्षित गर्दै तयार पारिएको नयाँ तीज गीत ‘बाडुली हरर’ को आधिकारिक पोस्टर सार्वजनिक गरिएको छ।
जयलाल दाँगीको प्रस्तुतिमा रहेको उक्त गीतमा बिन्दु बिहानी र जयलाल दाँगीको स्वर रहेको छ। गीतका शब्द तथा संगीत जयलाल दाँगीकै रहेको छ भने संगीत संयोजन खेमराज गौतमले गरेका छन्। गित ओजोन स्टुडियोमा रमेश खड्काले रेकर्डिङ गरेका छन् भने मिक्सिङ तथा मास्टरिङ बिनोद परियारले गरेका छन्।
गीतको भिडियो निर्देशन बिरेन्द्र ओलीले गरेका छन्। छायांकन रोजन रोका, सम्पादन तथा कलर दिपक विष्ट, कोरियोग्राफी बिमला थापा मगर तथा अडियो–भिडियो व्यवस्थापन जलजला टेलिभिजनले गरेको पोस्टरमा उल्लेख छ।
भिडियोमा बिमला थापा मगर, बिन्दु विश्वकर्मा (जलपरी), हरिमाया खत्री, बिरेन्द्र ओली, जयलाल दाँगी र कमल खड्काको अभिनय रहेको छ। साथै एमआरडी डान्स स्टुडियो, घोराही–दाङका कलाकारहरूको कोरस नृत्य पनि समावेश गरिएको छ।
सार्वजनिक गरिएको पोस्टरले दर्शक तथा श्रोतामाझ उत्सुकता बढाएको छ। निर्माण टिमका अनुसार ‘बाडुली हरर’ को म्युजिक भिडियो केही समयमै आधिकारिक रूपमा सार्वजनिक गरिने छ। तीज पर्वको अवसरमा दर्शक–श्रोतामाझ नयाँ स्वाद र मनोरञ्जन दिने अपेक्षासहित गीत ल्याउन लागिएको निर्माण पक्षले जनाएको छ।


