बङ्गलाचुली –३ मा वडा पार्टी अध्यक्ष खत्री पुनः नेकपामा फर्किए

दाङ , फागुन १६ । केही दिनअघि नेपाली कांग्रेस मा प्रवेश गर्नुभएका नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बङ्गलाचुली गाउँपालिका–३ का वडा पार्टी अध्यक्ष तथा निर्वाचित वडा सदस्य लोक बहादुर खत्री पुनः आफ्नै पार्टीमा फर्किनुभएको छ।

खत्रीलाई नेकपा दाङ क्षेत्र नम्बर–२ का उम्मेदवार निर्मल आचार्य ले पुनः पार्टीमा स्वागत गर्नुभएको हो। पार्टीमा फर्किएपछि खत्रीले विचार, सिद्धान्त र जनताको भावनासँग नजिक रहेको नेकपामै निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभएको बताइएको छ।

उक्त अवसरमा उम्मेदवार आचार्यले पार्टी एकता, संगठन सुदृढीकरण तथा जनताको पक्षमा दृढतापूर्वक उभिने अभियानलाई अझ सशक्त बनाइने बताउनुभयो। उहाँले पार्टी छाडेर गएकामध्ये विचार मिल्नेहरू पुनः फर्किने वातावरण बनेको पनि उल्लेख गर्नुभयो।

स्थानीय तहको राजनीतिमा सक्रिय खत्रीको पुनरागमनले बङ्गलाचुली गाउँपालिका क्षेत्रमा नेकपाको संगठन थप मजबुत हुने विश्वाससमेत उहाँले व्यक्त गर्नुभयो।

प्रकाशित मिति : २०८२ फाल्गुन १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस