पत्रकार प्रकाश बराईली “अभिब्यक्ति” को “उनिको स्विटर” सार्वजनिक

काठमाडौं,

नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा पृथक गीत “उनिको स्विटर” सार्वजनिक भएको छ। गीत प्रेमिल जोडीहरुको कथामा आधारित रहेको छ।

यस गीतमा पार्वती बिश्वकर्मा र राम परियारको स्वर रहेको छ भने पत्रकार प्रकाश बराईली अभिब्यक्ति” को शब्द, गायक तथा संगीतकार रमेश बिक्रम रत्नको संगीत, रमेश सेञ्चुरीको एरेञ्ज, मनोज डंगोलको मिक्सिङ रहेको छ।

यस गीतको भिडियोमा प्रकाश बराईली अभिब्यक्ति को निर्देशन, छायांकन, सम्पादन रहेको छ भने रबिन बिकको रंग संयोजन रहेको छ।

उक्त गीतको भिडियोमा सुजन सुर्खेती, सुमित्रा पार्की, शिब पराजुली आदीको अभिनय रहेको छ। उनिको स्विटर नामक गीतलाई प्रकाश बराईली अभिब्यक्ति”  को युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।

भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला।

प्रकाशित मिति : २०८२ मङ्सिर २१ गते शनिवार
प्रतिक्रिया दिनुहोस