नेपाली कम्युनिष्ट पार्टी क्षेत्र नं. २ द्वारा दाङ जिल्लामा चुनावी प्रचार र्‍याली आयोजना

दाङ, घाेराही १७ । नेपाली कम्युनिष्ट पार्टीले दाङमा आफ्नो चुनावी प्रचारलाई थप तीव्र बनाएको छ। पार्टीले भोलि दिउँसो ११:३० बजे घाेराहीकाे तुलसीपुरचोक (भानुचोक)बाट विशाल प्रचार र्‍याली आयोजना गर्ने जनाएको छ।

र्‍याली तुलसीपुरचोकबाट सुरु भई न्युरोड–बैंक रोड–गौतम नगर–अस्पताल लाइन–बीपी चोक हुँदै सहिदगेटमा पुगेर कोणसभामा रूपान्तरण भई समापन हुने कार्यक्रम रहेको निर्वाचन परिचालन समितिले जानकारी दिएको छ।

प्रचार र्‍यालीमा तारा चिन्हबाट प्रत्यक्षतर्फका उम्मेदवार निर्मल आचार्य, समानुपातिकतर्फकी उम्मेदवार ससमति चौधरी तथा भिम कुमारी बुढा मगर लगायत नेकपा दाङका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहने जनाइएको छ।

यसैगरी आदिवासी जनजातिको भेषभूषासहित हजारौँ सर्वसाधारणको उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको आयोजकले बताएका छन्।

प्रकाशित मिति : २०८२ फाल्गुन १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस