तेस्रो जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड थबाङ, रोल्पामा मिति २०८२ माघ २१ देखि २४ गतेसम्म हुने भएको छ । अनिल खत्री रोल्पा जिल्लामा, तेस्रो जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०८२ यही मिति २०८२ माघ २१ गतेदेखि २१ गतेसम्म थबाङ गाउँपालिका स्थित श्री बिरबलभद्र माध्यमिक विद्यालय थबाङ, रोल्पामा हुने भएको छ l
मिति २०८२ पौष २५ गते जिल्ला समन्वय प्रमुख श्री सिता आचार्यको अध्यक्षतामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संचान निर्देशिका, २०७७ को पाँचौ संशोधन अनुसार जिल्ला समन्वय प्रमुख सल्लाहकार समितिको संयोजक रहने व्यवस्था छ।
सो अनुसार सल्लाहकार समितिमा प्रतियोगिता संचालन हुनेस्थानीय तहको प्रमुख थबाङ गाउँपालिकाका अध्यक्ष श्री ऋषिकेशब बुढामगर, प्रमुख जिल्ला अधिकारी श्री गंगाबहादुर क्षेत्री, सूर्य दल गणका गणपति श्री इश्वर थापा, जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक श्री विरेन्द्र विर विश्वकर्मा, सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक श्री दिपेन्द्र कुमार पाण्डे, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख श्री लाल बहादुर घर्तीमगर, नि. जिल्ला समन्वय अधिकारी र जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख श्री कैलाश रोकामगर र आमन्त्रितमा रोल्पा नगरपालिकाका नगर प्रमुख श्री सुरेन्द्र थापा घर्ती, प्रमुख अनुसन्धान अधिकृत श्री दिनेश पोख्रेल, लुम्विनि प्रदेश खेलकुद परिषदका वोर्ड सदस्य श्री दिपेन्द्र कुमार डाँगीज्यू लगायत विभिन्न खेलकुद सम्बद्ध व्यक्तिहरुको उपस्थित रहेको थियो ।
Press
Press
Yaslai banunu hai
प्रकाशित मिति : २०८२ पुष २९ गते मङ्गलवार


