समुन्नति डिजिटल फाइनान्स तीन वर्षे प्रोजेक्ट समापन भएको छ २०७९ कार्तिक १६ मा सुरु भएको कार्यक्रम २०८२ कार्तिक १६ गते समापन भएको हो। फाइनान्सका संयोजक लक्ष्मण बिष्ट त्यसैगरी प्रतीकल नेसन गोपाल बहादुर केसी सन्तोष अधिकारी र कृष्णप्रसाद न्यौपाने लगायतको टिमले सुरु गरेको फाइनान्स महिला कृषक सशक्तिकरण परियोजना अन्तर्गत लक्षित कृषक ५५०० कृषकलाई दिइएको छ। भने त्यसमा ८०% महिला समूह रहेका छन् ।
साझेदारी संस्थामा प्राटिकल दूरसञ्चार इन्टरनेट डिप्रोकल प्रभु म्यानेजमेन्ट डेकोस नेपाल जस्ता रहेका छन् भने यसको कार्यक्षेत्र ३ जिल्ला दाङ रुकुम पूर्व र रोल्पामा रहेको छ। र ८ पालिकामा रहेको थियो रोल्पाको पालिका मध्ये रुन्टिगढी त्रिवेणी र परिवर्तन गाउँपालिका रहेका थिए। भने यसबाट ८० जना डिजिटल महिला च्याम्पियन १६ वटा स्थानीय सहकारी संस्था र चारवटा डेरी सञ्चालनमा आएका छन् २९६ घरधुरीमा फाइबर इन्टरनेट समेत जडान गरिएको छ परिवर्तन गाउँपालिका अन्तर्गत २ ३ ४ र ५ नम्बर वडामा गरिएको हो। ११ जनालाई डिजिटल च्याम्पियन समेत बनाइएको छ भने यसका साझेदारी परिवर्तन गाउँपालिका भित्र दुईवटा संस्थालाई राखिएको छ।
वडा नम्बर १ को नमुना बहुउद्देश्य सहकारी संस्था र तीनमा रहेको सयपत्री ऋण तथा बचत सहकारी संस्था २८६ जना सहभागी वालेट तथा मोबाइलबाट डिजिटल कारोबार गर्न सक्ने भएका छन् भने २७२ जना कृषि एप चलाइरहेका छन् एउटा सहकारी विद्यालयमा परिवर्तन गाउँपालिकाको नेरा मावि नमुना मौलाबद्धको विद्यालय का कक्षा ८ देखि १२ सम्मका ५१ जना विद्यार्थीलाई स्कुल टु होम सिकाई समेत गराएको थियो भने एउटा प्रोजेक्टर समेत हस्तान्तरण गरिएको छ। त्यति मात्र नभएर यो संस्थाले डिजिटल सम्बन्धी कुरा सम्बन्धी कुरा वालेटसम्बन्धीका कुरा र अहिलेको युगमा चलिआएका प्रविधि मैत्री सम्बन्धीका कुराहरु सिकाउने समेत गरिएको छ।
अरुबाट ठगी हुन कसरी बच्ने कसरी घरमै बसेर काम गर्ने बचत कसरी गर्ने समयको र पैसाको भन्ने विषयमा समेत सिकाई दिएको छ परिवर्तन गाउँपालिकामा करिब ७ जनाभन्दा बढी सिकाईकर्मीहरूले यसको काम गरिरहेका छन्। परिवर्तन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत निमबहादुर केसीले केही जानकारीमूलक सन्देश तथा शुभकामना समेत दिनुभएको थियो भने परिवर्तन गाउँपालिकाका उपाध्यक्ष कलादेवी खत्री ले यो कार्यक्रम समापन गर्नुभएको थियो। भने सम्पूर्ण शाखाका कर्मचारीहरूको उपस्थितिमा यो कार्यक्रम सम्पन्न भएको थियो।


