विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले १३५ वटा शाखा मार्फत देशका विभिन्न ठाँउहरुमा वित्तीय साक्षरता कार्यक्रम गर्ने क्रममा घोराही शाखाले पौष १५ गते उक्त कार्यक्रम सम्पन्न गरेको छ। वित्तीय साक्षरता हाम्रो दैनिक जीवन सङ्ग जोडिएको विषय साथै वित्तीय स्थायित्वको आधारशिल पनि भएको हुँदा वित्तीय प्रणालीप्रति विश्वास कायम राख्न र आर्थिक गतिविधिहरुलाई वित्तीय प्रणालीमा समाबेश गर्न ,समुदायमा वित्तीय सचेतना जगाउने उदेश्य राखी उक्त कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमको प्रशिक्षण अनुगमन अधिकृत तथा कलस्टर न. १५ का प्रमुख श्री कुम बहादुर थापाले गर्नु भएको थियो। उहाँले प्रशिक्षणको क्रममा बचत, कर्जा ,बिमा ,विप्रेषण ,वित्तीय अनुशासन ,विद्युतिय वित्तीय सेवाहरु लगायत अन्य महत्त्वपूर्ण पक्षहरू बारे सहभागीहरु लाई जानकारी दिनु भएको थियो ।
कर्जाको कारोबार गरि सम्बन्धित ब्यक्तिहरुले नियम अनुसार कर्जाको भुक्तानी नगर्दा पनि वित्तीय क्षेत्रमा हाल समस्या देखीएको हुँदा कर्जाको कारोबार गर्दा ब्यवसायिक योजना बनाएर मात्र कारोबार गर्न र त्यसको सदुपयोग गर्नमा जोड दिनु हुदै ,अन्यथा लामो समय सम्म पनि बैंक तथा बित्तीय संस्थाहरुमा कर्जाको किस्ता नतिरेमा कालो सुचीमा परिने हुँदा ,त्यसबाट पर्न जाने असरहरु बारे पनि स्पष्ट पार्नु भएको थियो ।
कार्यक्रमको प्रमुख अतिथिको रूपमा घोराही उप-महानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष श्री मधुसूदन शर्मा ” मुनाल घिमिरे ” रहनु भएको थियो। उहाँले सदस्य र वित्तीय संस्थाबीच नङ र मासुको जस्तो सम्बन्ध रहेको हुँदा ,हिजो जसले अप्ठ्यारोमा साथ दियो उसलाई समस्यामा पार्नु हुदैन भन्दै लिएको कर्जा तिर्न र मिनाहाको हल्लाको पछाडि नलाग्न आग्रह गर्नु भएको थियोे । ५० जना बढी सहभागिता रहेको कार्यक्रममा स्वागत मन्तव्य घोराही शाखाका शाखा प्रमुख किरण घिमिरेले गर्नु भएको थियो भने कार्यक्रमको सहजीकरण कर्मचारी प्रतिक गोराथोकीले गर्नु भएको थियो ।