राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानको लागि साढे दुई अर्ब बजेट स्वीकृत

राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानको लागि नेपाल सरकारले साढे दुई अर्ब बजेट स्वीकृत गरेको छ । प्रतिष्ठानका रजिष्टार श्याम लम्सालले विज्ञप्ति जारी गरेर प्रतिष्ठानको लागि चालु आर्थिक बर्षका लागि साढे दुई अर्ब बजेट स्वीकृत भएको बताउनुभयो ।

उहाँका अनुसार प्रतिष्ठानको सिनेट सभाबाट २०८१/८२ को लागि दुई अर्ब ४३ करोड २५ लाख १२ हजार ९ सय ६७ बजेट तथा कार्यक्रम स्वीकृत भएको जनाउनुभएको हो । प्रतिष्ठानका कुलपति समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षता र स्वास्थ्यमन्त्री प्रदीप पौडलसहितको उपस्थितिमा यो कार्यक्रम स्वीकृत भएको रजिष्टार लम्सालले बताउनुभयो ।

त्यसैगरी सिनेट सभाले दाङका पाँच जनालाई सिनेट सदस्यमा नियुक्त गरेको छ । त्यस्तै, सिनेट सभाले नवलपुरको जग्गालाई क्याविनेटबाट अनुमति दिएको र चारसय बेडको कार्ययोजना पास भएको जानकारी दिनुभयो । साथै जग्गा प्राप्तीपछि बस्ने सिनेट बैठकबाट सेवा आयोगको अध्यक्षसहितले पुर्णता पाउने पनि उहाँले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८१ फाल्गुन ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस