घोराही महोत्सव : साताै दिन पशुपति र प्रितिले नचाए दर्शक आज बद्रि पंगेनी आउदै

दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा घोराहीमा जारी महोत्सवकाे साताै दिन लाेकदाेहाेरी कलाकारहरू पशुपति शर्मा र प्रिति आलेले आफ्नाे प्रस्तुति राखेका छन् । शर्मा र आलेले आफ्ना चर्चित लाेकदाेहाेरी गीतहरूमा दर्शकहरू नचाएका थिए । स्टेच सांस्कृतिक कार्यक्रममा एक पछि अर्काे ख्यातिप्राप्त कलाकारहरूकाे प्रस्तुति रहेकाे महाेत्सवमा लाेकदाेहाेरी चर्चित गायकहरू शर्मा र आलेले पालैपालाे दर्शकहरू नचाएका थिए ।

पशुपति शर्माले आफ्नाे चर्चित आधा दर्जन बणि गीतहरू प्रस्तुत गर्नुभएकाे थियाे । उहाँले ‘स्याग्जा जाने बाटैमा तनहु बिर्सी जाने मायालाई के भनाै, सारंगी र्याई र्याई भयाे जीवन तिरिमिरी झ्याई, क्याम्पस पढ्न आउने सरले उता पढाउने हाम्ले आँखा जुझाउने चित्त बुझाउने, चिन्ता छैन केई मलाई मलेसीया यही मलाई अमेरिका यही’ बाेलकाे गीतहरू प्रस्तुत गर्नुभएकाे थियाे । यस्तै गायिका प्रिति आलेले फुल्याे बामरी म भाेली गईहाल्छु बसे रामरी, आज मेराे छैन भुईमा खुट्टै, आया तेराे सर बाटाे खाली गर सागै थारू ब्याटल गीत प्रस्तुत गर्नुभएकाे थियाे ।

‘उद्योग व्यापार कृषि एवं पर्यटनको विकास, परनिर्भरमुखि अर्थतन्त्रको निकास’ भन्ने मूल नारासाथ आयोजना गरिएको ‘छैठौँ कृषि, पर्यटन तथा व्यापार महोत्सव–२०८१’ काे साताै दिन बिहीवार कलाकारहरू एम.टि महर, प्रकाश रेग्मी, पिताम्बर रिजाल, बविता धिताल, गा‌ैतम चाैधरी लगायतकाे प्रस्तुति राख्नुभएकाे थियाे । महोत्सवमा प्रवेशकालागि प्रतिव्यक्ती १ सय, विद्यार्थीहरुलाई परिचयपत्रको आधारमा ८०, अशक्त, अपाङ्ग, जेष्ठ नागरिकहरुलाई निशुल्क प्रवेशको व्यवस्था मिलाईएको छ । महोत्सवमा कृषी, पर्यटन तथा व्यवसायिक गरि ४ सय बढि स्टलहरु रहेका छन् ।

महोत्सवमा २ लाख दर्शकहरुले अवलोकन गर्ने र २० करोडको कारोबार गर्ने लक्ष्य रहेको छ । खाद्य वस्तुकाे अनुगमन महोत्सवमा राखिएका खाद्य वस्तुहरूको गुणस्तर सुनिश्चित गर्नकालागी अनुगमन गरिएको छ। महाेत्सवकाे स्टलहरूमा राखिएका खाद्य वस्तुहरूकाे घाेराही उपमहानगरपालिका एवं जिल्ला प्रशासन कार्यालयबाट फरक फरक दिनका अनुगमन गरिएकाे छ । घाेराही उपमहानगरपालिकाबाट बिहीवार अनुगमन गरिएकाे छ भने जिल्ला प्रशासन कार्यालयबाट अनुगमन गरिएकाे थियाे ।

अनुगमनका क्रममा खाद्य वस्तुहरूमा गुणस्तर धेरै हदसम्म कायम गरिएकाे पाईएकाे कृषि तथा धार्मिक उपसमितिका संयाेजक विष्णु रिजालले जानकारी दिनुभयाे । शुक्रवार रचना रिमालकाे प्रस्तुति महाेत्सवमा शुक्रवार पनि चर्चित कलाकारहरूकाे प्रस्तुति रहने छ । शुक्रवार युवाहरूमाझ लाेकप्रिय गायिका रचना रिमालकाे प्रस्तुति रहने छ । शुक्रवार रिमालसँगै बद्रि पंगेनी, सुकदेव अधिकारी, जालुमाया गुरूङ, खढड्ग शर्मा, रितु तामाङ, प्रकाश प्रिय कुसुम्या, काेष खड्का लगायतकाे प्रस्तुति रहने आयाेजक मूल समितिका सह-संयाेजक दाङ जिल्ला उद्याेग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नरेशकुमार श्रेष्ठले जानकारी दिनुभयाे ।

प्रकाशित मिति : २०८१ फाल्गुन ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस