दोस्रो रोल्पा राष्ट्रिय भलिबल प्रतियोगिता सञ्चालनको लागि स्वीकृत प्राप्त भएको छ ।
फागुन १० देखी १४ सम्म रोल्पाको लिबाङमा सञ्चालन हुन लागेको दोस्रो रोल्पा राष्ट्रिय भलिबल प्रतियोगितालाई नेपाल भलिबल संघले स्वीकृत प्रदान गरेको हो
पुष ५ गते सन–स्टार युवा क्लबका अध्यक्ष पूर्ण केसीको टिमले नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द, उपाध्यक्ष भरत शाह र महासचिव रोशन श्रेष्ठ सङ्ग भेट गरी प्रतियोगित सञ्चालनका लागि स्वीकृत लिनु भएको छ।
प्रकाशित मिति : २०८१ पुष ६ गते शनिवार