चितवनले बनायो १३० रन, कर्णालीलाई आजको खेल जित्नैपर्ने दबाब

नेपाल प्रिमियर लिग (एनपीएल) मा शुक्रबार पहिलो खेल कर्णाली याक्स र चितवन राइनोजबीच खेल भइरहेको छ । कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर अपेक्षाअनुसार पहिला बलिङको निर्णय लिएका छन् । कर्णालीले यसअघि लगातार दुई खेलमा हार व्यहोरेको छ भने चितवनले लगातार दुई जित हात पारेको छ ।

ब्याटिङ गर्न कठिन पिचमा चितवनले ७ विकेटको क्षतिमा १३० रन बनाएको छ । सामान्य लक्ष्य पाएकाले यसअघि दुई खेल हारेको कर्णालीलाई कमब्याक गर्ने मौका छ ।

चितवनका लागि इंग्ल्यान्डका ब्याटर रवि बोपालाले लगातार दोस्रो अर्धशतक बनाउने क्रममा शुक्रबार ४० बलमा ५९ रन बनाए । उनलाई कप्तान कुशल मल्लले २३ रन बनाएर साथ दिएका थिए ।

आजको खेल जित्नैपर्ने दबाबमा छ कर्णाली , कर्णालीले प्लेइङ ११ मा दुई परिवर्तन गरेको छ । भुवन कार्कीको स्थानमा कर्णालीका स्थानीय युवा युनिस विक्रम ठकुरी र बाबर हयातको स्थानमा अस्ट्रेलियन विलियम विस्टोलाई ल्याइएको छ ।

कर्णालीका लागि युवा स्पीनर विपिन शर्मा सबैभन्दा सफल भए । उनले २१ रन दिएर ३ विकेट लिए । यस्तै जिसन मक्सुदले २ विकेट लिए भने सोमपाल कामी र नन्दन यादवले एक एक विकेट लिए ।

 

प्रकाशित मिति : २०८१ मङ्सिर २१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस